कोरियामा कमाएको पैसा लगानी गरेर मनग्य आम्दानी
शुक्रबार, भदौ २८, २०८१
सरकारले खुलायो जग्गा कित्ताकाट
मंगलबार, भदौ २५, २०८१
काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । नापी विभागका अनुसार देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेका छन् ।
५ सयभन्दा बढी भेडा च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
मंगलबार, भदौ २५, २०८१
सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्। हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ। उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा चरिरहेका छन्। धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो।
अलैचीको भाउ बढ्यो, किसान उत्साहित
आइतबार, भदौ २४, २०८०
काठमाण्डौं । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्।
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई
शनिबार, असार २३, २०८०
हेटौंडा । बागमती प्रदेशमा यस वर्ष रोपाईमा ढिलाई भएको छ । हालसम्मको तथ्यांक अनुसार यो प्रदेशमा २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाका अनुसार यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र भएको हो ।
भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता
शनिबार, असार ९, २०८०
दोलखा जिल्ला भीमेश्वर नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्ट्रिकोणले मात्रै होईन व्यवसायिक कृषि उत्पादनको दृष्टिले पनि अत्यन्तै सम्भावनायुक्त नगर हो । विशेषगरी यस नगरपालिकामा कृषिवाली मध्येपनि किवी, तरकारी र आलु उत्पादनको प्रचुर सम्भावना छ ।
सरकारले रासायनिक मलको अनुदान घटायो, बढ्ने भयो मुल्य
सोमबार, फागुन २९, २०७९
काठमाडौँ । किसानले किन्ने रासायनिक मलको भाउ बढ्ने भएको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएपछि मुल्य बढ्ने भएको हो । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेको भन्दै सरकारले समग्र अनुदान ११.८ प्रतिशतले अनुदान घटाएको छ ।
कृषकहरुलाई कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध
शनिबार, फागुन १३, २०७९
रामेछाप र दोलखा जिल्लाका विभिन्न क्षेत्रमा आँपका बोटहरुको फेद लगायत हाँगाहरुबाट गम जन्य पदार्थ निस्कने, एक दुई हाँगा सुक्न सुरु भई बोट नै सुकेर मर्ने लगायतका लक्षणहरु देखा परेको हुँदा समस्याग्रस्त रोगी बोटहरुमा मूल काण्डमा साथै काँटछाँट गरिएको भागमा बोर्डो पेष्ट दल्ने कार्य गर्नुहुन अनुरोध छ।
वाग्मती प्रदेश सरकारले कृषकलाई निर्ब्याजी ऋण दिँदै
आइतबार, पुस २४, २०७९
हेटौंडा । वाग्मती प्रदेश सरकारले कृषकहरुलाई निर्ब्याजी ऋण दिने कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि, पशुपालन, मत्स्यपालन व्यबसाय प्रबद्र्धन गर्ने उदेश्यले बिउपूँजी कोष परिचालन कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रम कार्यान्वयनका लागि लागि मन्त्रालयले कार्यबिधि जारी गरिसकेको छ ।
दोलखामा आर्थिक वर्ष २०७९।८० मा भएको धान, किवी तथा आलुको उत्पादनको स्थिति
बिहीबार, मंसिर २९, २०७९
दोलखामा यस वर्ष २८१४ हे. क्षेत्रफलमा लगाईएको धान वालीबाट ७,०९१ मे.ट. धान उत्पादन भएको छ जुन गत वर्षको तुलनामा ५९७ मे.ट. कमि हो । धानको उत्पादकत्वमा पनि कमि देखिएको छ । गत वर्ष धानको उत्पादकत्व २.६५ मे.ट. प्रति हे। रहेकोमा यस वर्ष २.५२ मे.ट. प्रति हेक्टर भएको पाईएको छ ।...
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन्
आइतबार, असार ५, २०७९
चरिकोट – दोलखामा जेठ मसान्तसम्मको अवधिमा ९ सय २५ मेट्रिकटन भन्दा बढी मल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा ९ लाख २५ हजार १ सय किलोग्राम मल भित्रिएको तथ्यांक छ । दोलखामा मल आपुर्ति गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुली शाखाका अनुसार उक्त...