Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारी विद्यालयमा कानुन बिपरित चर्को शुल्क
सरकारी विद्यालयमा कानुन बिपरित चर्को शुल्क काठमाडौँ - संविधान, ऐन, कानुन उल्लंघन गर्दै सरकारी निकायले नै विद्यार्थी, अभिभावकबाट रकम असुल्ने कार्य रोकेका छैनन् । अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ को दफा ५ मा माध्यमिक तह (कक्षा १२)  सम्म शुल्क लिन नहुने व्यवस्था बिपरित सरकारी विद्यालयहरुले चर्को शुल्क उठाउने गरेका छन् ।
‘रुपा स्मृति पुस्तकालय’ गौरीशंकर क्याम्पसलाई हस्तान्तरण
‘रुपा स्मृति पुस्तकालय’ गौरीशंकर क्याम्पसलाई हस्तान्तरण चरिकोट - गौरीशङ्कर बहुमुखी क्याम्पस सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठकी धर्मपत्नी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा स्थापित रुपा फाउण्डेसनको सहयोगमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ फाउण्डेसनले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई हस्तान्तरण गरेको छ ।
एसईईका विद्यार्थीलाई ग्रेड बृद्धिको अवसर, भदौ ११ र १२ गते पुरक परीक्षा
एसईईका विद्यार्थीलाई ग्रेड बृद्धिको अवसर, भदौ ११ र १२ गते पुरक परीक्षा काठमाडौं - माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि विद्यार्थीहरुलाई अवसर पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने जनाएको छ । 
झण्डै तीन हजार कोटामा छात्रबृत्तिका लागि सीटीईभीटीले माग्यो आवेदन
झण्डै तीन हजार कोटामा छात्रबृत्तिका लागि सीटीईभीटीले माग्यो आवेदन काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ । वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन खुलाईएको हो । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन...
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नगर्ने बोर्डको निर्णय
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नगर्ने बोर्डको निर्णय काठमाडौं - यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस्तो निर्णय गरेको हो । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो । 
एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने बोर्डको तयारी
एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने बोर्डको तयारी काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भैरहेको जानकारी दिए । ‘नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस्...
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’ भएको आरोप
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’ भएको आरोप काठमाडौँ - कक्षा १२ को उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय सञ्चालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ । स्रोतका अनुसार निर्देशिकाविपरीत भाषाविज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतोअनुसार परीक्षा केन्द्रमा खटाइएको छ ।
एसईईको नतिजा असार मसान्तभित्र, उत्तरपुस्तिकाको जाँच प्रदेश स्तरमा हुने
एसईईको नतिजा असार मसान्तभित्र, उत्तरपुस्तिकाको जाँच प्रदेश स्तरमा हुने काठमाण्डौं - यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तभित्र प्रकाशन गर्ने तयारी भैरहेको छ । राष्टिय परीक्षा बोर्डका अनुसार नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको छ । यसैबीच एसइईको उत्तरपुस्तिका अब प्रदेश स्तरमा जाँच हुने भएको छ ।
एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन हुने
एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन हुने काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड यो वर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन गर्ने भएको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन गर्ने समयतालिका सार्वजानिक गरेको हो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन गर्ने निर्णय भएको पुष्टि गरे...
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन काठमाडौँ - कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित भएको छ । परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरको हो ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि निर्णय गर्न बोर्डको बैठक बस्दैछ ।
स्थायी शिक्षकका लागि तत्काल विज्ञापन खुलाउने आयोगको तयारी
स्थायी शिक्षकका लागि तत्काल विज्ञापन खुलाउने आयोगको तयारी काठमाडौं - शिक्षक सेवा आयोगले तत्काल स्थायी शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ । तिहारलगत्तै विज्ञापन खुलाउने आयोगको तयारी छ । जसका लागि आयोगले तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गर्ने योजना बनाएको छ ।
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी !
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी ! चरिकोट – कोरोना जोखिम कायमै छ । जसका कारण सरकारी तथा नीजि क्षेत्रबाट संचालित विद्यालयहरुमा पठनपाठन सुरु हुन सकेको छैन । कोरोना जोखिमका कारण लामो समयसम्म विद्यालय संचालनमा नआउँदा विद्यार्थीहरु आफ्नो भविष्यबारे चिन्तित छन् । वालवालिकाको पढाई बिग्रिदा अविभावकहरुलाई कम्ता पिरलो छैन । 
Weather Update