काठमाडौं । ई–७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया रोकिएको छ । यसअघिको सरकारले ई–७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढाएको थियो । तर, यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यान्वयन नगर्न निर्देशन दिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको थियो ।
मन्त्रालय र आयोगको पत्रको आधारमा तत्काल लागि स्थगित गरिएको विभागले जनाएको छ । श्रम मन्त्रालयले भदौ २९ गते विभागलाई पचात्रार गर्दै बी–टू–बी माध्यमबाट ई–७ भिसामार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनी निर्देशन दिएको थियो ।
श्रम मन्त्रालयले म्यानपावर कम्पनीमार्फत सिपयुक्त श्रमिक पठाउनेगरी कार्यविधि जारी गरेको थियो । सोही अनुसार मन्त्रालयले गत असारमा कार्यविधिमा तेस्रो संशोधन गरेर कामदार पठाउने प्रक्रिया अघि बढाएको थियो ।