भीमेश्वरको शिलामा पसिना र प्राकृतिक विपत्तीको संयोग
मंगलबार, असोज २२, २०८१
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो
सोमबार, असोज २१, २०८१
काठमाडौँ । पछिल्लो बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । अहिलेसम्म १८ जना बेपत्ता रहेका र एक सय ७८ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।
‘हनी ट्रयाप’मा फसेका थिए शर्मा
सोमबार, असोज २१, २०८१
काठमाडौं । दोलखाका निर्माण व्यावसायी विदुर शर्मा ‘हनी ट्रयाप’को शिकार भएको खुलेको छ । ‘हनी ट्रयाप’मा पारेर रकम असुल्ने गिरोहमाथि प्रहरीको अनुसन्धानपछि यो तथ्य खुलेको हो । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इटहरीका ताज स्लाम र इटहरीकै दर्शन पोखरेललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । दर्शन फरार छन् । ताजलाई...
दोलखाको वराङमा झगडापछि बिरामी भएका युवकको मृत्यु
सोमबार, असोज २१, २०८१
चरिकोट । दोलखाको विगु गाउँपालिकामा झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर २ वराङका अन्दाजी २२ वर्षिय धिरज ठकुरी रहेका छन् ।
इजरायल र लेबनानमा रहेका नेपालीलाई सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन
आइतबार, असोज २०, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्था बुझ्न निर्देशन दिएकी छन् । उनीहरुको अबस्था जानकारी लिएर (अपडेट) भइरहन उनले त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी हुन् ।
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त
आइतबार, असोज २०, २०८१
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
विपि राजमार्गको भकुण्डे-मेच्छेपौवा सडक सुचारु
आइतबार, असोज २०, २०८१
काभ्रे। बाढीपहिरोका कारण अवरुद्ध विपि राजमार्गको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक सुचारु भएको छ । सडक सुचारु भएपछि यातायातका साधन चल्न थालेका छन् ।
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो
बिहीबार, असोज १७, २०८१
काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोबारे सर्वदलीय बैठक: यस्तो छ निर्णय
आइतबार, असोज १३, २०८१
काठमाडौं । बाढीपहिरोबाट घरबास गुमाएकाहरुको तत्काल पुनर्स्थापना प्रक्रिया अगाडि बढ्ने भएको छ। आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।