रास्वपाभित्र बढ्यो कुलमान पक्षको असन्तुष्टि
शनिबार, पुस १९, २०८२
प्रमुख दल चुनावमा जान तयार, सुरक्षामा शंका
आइतबार, पुस १३, २०८२
काठमाडौँ । प्रमुख दलहरु आगामी फागुन २१ मा घोषित निर्वाचनमा जान तयार भएका छन् । निर्वाचनमा जान तयार रहेको तर सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा उनीहरुको जोड छ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनतर्फ होमिएर सहयोग गर्न आग्रह गरेपछि प्रमुख दलका शिर्ष नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
रास्वपा–मेयर सहमति : रवि पार्टी सभापति, वालेन प्रधानमन्त्री
आइतबार, पुस १३, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पावर सेयरिङ गर्ने सम्झौता भएको छ । ७ बुँदे सहमतिमा रवि लामिछाने पार्टी सभापति र वालेन्द्र शाह भावी प्रधानमन्त्री हुने उल्लेख छ ।
राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निवेदन
सोमबार, कात्तिक ३, २०८२
काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नेपाल दर्ताका लागि निवेदन परेको छ । राप्रसाद सेती (किरण विक) अध्यक्षमा उक्त दल दर्ताका लागि निवेदन दिईएको हो । उक्त दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ ।
विदेश भागेको भनिएका पुर्वमन्त्री खड्का जलाईएको निवासमा सार्वजनिक
सोमबार, कात्तिक ३, २०८२
काठमाडौं । विदेश भागेको भनिएका पुर्वमन्त्री दिपक खड्का जेनजी आन्दोलनका क्रममा जलाईएको निवासमा सार्वजनिक भएका छन् । सम्पति शुद्धिकरण अनुसन्धान सुरु भएपछि उनलाई विदेश भागेको बताईएको थियो ।
प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादीसहित सात दलसँग बार्ता गर्ने
आइतबार, कात्तिक २, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलेदलहरुसँग संवादको तयारी गरेकी छन् । फागुन २१ मा घोषित निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी हुन् ।
दलहरुसँग छलफलमा निर्वाचन आयोग
बिहीबार, असोज ३०, २०८२
काठमाडौं । निर्वाचन आयोग दलहरुसँग छलफलमा जुटेको छ । आगामी फागुन २१ मा घोषित निर्वाचनका सन्दर्भमा आयोग राजनीतिक दलहरूसँग छलफलमा जुटेको हो । आयोगले छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई बोलाएको छ ।
प्रधानमन्त्री कार्कीले भेटिन् भारतीय राजदुत
मंगलबार, भदौ ३१, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आयोगले सुरु गर्यो निर्वाचनको तयारी
मंगलबार, भदौ ३१, २०८२
काठमाडौँ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको...
बार एसोसिएसन भन्छ : प्रतिनिधिसभा विघटन असंवैधानिक हो
शनिबार, भदौ २८, २०८२
काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनप्रति बिरोध जनाएको छ । उसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ ।
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
शनिबार, भदौ २८, २०८२
काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका हुन्। आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।
पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की
शनिबार, भदौ २८, २०८२
काठमाडौं । मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकी छन् । उनले पहिलो प्रधानन्यायाधीशको पनि इतिहास रचेकी थिईन् । अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी हुन् ।
सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी
शुक्रबार, भदौ २७, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । कार्कीको शपथ ग्रहण पनि शुक्रबार गराउने तयारी छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै सघन छलफल र परामर्श गरेका थिए ।


