अमेरिकी आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु
आइतबार, पुस २०, २०८२
उपराष्ट्रपति डेल्सीले सम्हालिन भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी
आइतबार, पुस २०, २०८२
काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पाएकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मादुरो न्यूयोर्क हिरासतमा
आइतबार, पुस २०, २०८२
काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ । भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरी मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो ।
इजरायलद्धारा ६ देशहरुमा आक्रमण, २०० बढीको मृत्यु
शुक्रबार, भदौ २७, २०८२
काठमाडौं । इजराइलले बिभिन्न ६ देशहरुमा आक्रमण गरेको छ । पछिल्ला ७२ घण्टामा गरिएको आक्रमणमा दुई सय बढीको मृत्यु भएको छ । गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया इजरायलले आक्रमण गरेको हो ।
चीन र भारत लिपुलेक हुँदै सीमा व्यापार गर्न सहमत
बुधबार, भदौ ४, २०८२
काठमाडौं । चीन र भारबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको हो ।
युक्रेन युद्ध अन्त्यबारे ट्रम्प र पुटिनबीच दुई घण्टा वार्ता
शनिबार, साउन ३१, २०८२
काठमाडौं । रुस युक्रेन युद्ध अन्त्यको लागि अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनले दुई घण्टा वार्ता गरेका छन् । वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौता भने हुन सकेन । वार्तापछि ट्रम्प र पुटिन एकै मञ्चमा करिब १० मिनेट देखिएका थिए ।
डोनाल्ड ट्रम्पले रोके बैदेशिक अनुदान
आइतबार, माघ १३, २०८१
काठमाडौं । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग रोक्ने घोषणा गरेको छ । तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्कालका लागि अनुदान रोकिएको बताईएको छ ।
ईजरायल र हमासबीच युद्धविराम सुरु
आइतबार, माघ ६, २०८१
काठमाडौं । इजरायल र हमासबीच आजदेखि युद्धविराम सुरु भएको छ । दुईपक्षबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको हो । इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरिसकेको छ । युद्धविराम अवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।
जेलेन्स्की भन्छन् : ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ
शनिबार, मंसिर १, २०८१
किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध छिट्टै अन्त्य हुने संकेत गरेका छन् । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
राष्ट्रसंघको ७९ औँ महासभा न्युयोर्कमा
सोमबार, भदौ २४, २०८१
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु हुन लागेको हो ।
कस्तो रह्यो ब्राजिलमा एक्स बिनाको पहिलो दिन ?
मंगलबार, भदौ १८, २०८१
काठमाडौं । सामाजिक सञ्जाल एक्समाथि लगाएको प्रतिबन्धलाई लिएर प्रयोगकर्तासँगै राजनीतिकर्मीहरु विभाजित भएका छन् । आइतबार कयौं ब्राजिलियनहरुले एक्सको अभावमा विश्वबाट अलग भएको प्रतिक्रिया अरु सञ्जालमा व्यक्त गरेका छन् । ब्रालिलमा शनिबार विहानदेखि एक्स बन्द छ । वेबसाइट मात्र होइन, मोबाइल एप पनि चल्दैन । किनकी सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी...


