मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
आइतबार, जेठ १८, २०८२
मनसुनी जोखिम : २० लाख नागरिक प्रभावित हुनसक्ने
आइतबार, जेठ ११, २०८२
काठमाडौँ । यो वर्ष नेपालमा चाँडै मनसुन सुरु हुने भएको छ । भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि चाँडै मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । केरलामा मनसुन आइसकेकाले अबको ७ देखि १० दिनभित्र पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने सम्भावना रहेको मौसम...
सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने
मंगलबार, जेठ ६, २०८२
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रवेश परीक्षा दिन नपर्ने भएको छ । सीटीइभीटीले माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडिङको आधारमा विद्यार्थी छनोट गर्ने भएको हो । विद्यार्थीको नाम निकाल्न हुने चलखेल अन्त्य गर्न यो प्रावधान ल्याईएको अधिकारीहरुको दाबी छ...
कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने
मंगलबार, वैशाख ३०, २०८२
काठमाडौँ । सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट
बुधबार, फागुन ७, २०८१
चरिकोट । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो ।

दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशिय सडक संजाल जोडिँदै
सोमबार, फागुन ५, २०८१
चरिकोट । दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशिय सडक संजाल जोडिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक संजाल जोड्ने प्रक्रिया अघि बढाएको हो । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि छिट्टै टेन्टर आव्हान गर्ने तयारी छ ।

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
शुक्रबार, फागुन २, २०८१
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तालिका सार्वजनिक गरेको हो ।

पाथीभरा केबलकार निर्माण रोक्ने सहमति पछि आन्दोलन स्थगित
बुधबार, माघ २३, २०८१
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा निर्माणाधीन केबलकार निर्माण कार्य रोक्ने सहमति पछि आन्दोलन स्थगित गरिएको छ । केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोक्न सरकारपक्ष सहमत भएको हो । यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।

सिन्धुपाल्चोकको राङबुसा जंगलको डढेलो निभाउने प्रयास असफल
सोमबार, माघ २१, २०८१
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त जंगलमा गत शुक्रबारदेखि आगलागी सुरु भएको थियो । डढेलो नियन्त्रण गर्न सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएपनि सफल हुन सकेन । स्थानीयका अनुसार अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

हिलेपानी स्वर्ण महोत्सव : जसले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरे (हेर्नुस् नामावली)
शनिबार, माघ १९, २०८१
चरिकोट । विद्यालयलाई ज्ञानको पवित्र मन्दिरको रुपमा लिईन्छ । त्यही भएर सायद नागरिकहरु शैक्षिक संस्थाप्रति धेरै माया दर्शाउँछन् । दोलखाको कालिञ्चोक गाउँपालिका–४, स्थित हिलेपानी संस्कृत माविले अहिले त्यस्तै माया पाईरहेको छ । विद्यालय ५० वर्षमा प्रबेश गरेको अबसरमा आयोजित स्वर्ण महोत्सव सफल बनाउन स्थानीय नागरिक, पुर्व शिक्षक, विद्यार्थी, समाजसेवी लगायत...

हिलेपानी संस्कृत माविको पाँच दिने स्वर्ण महोत्सवको भव्य उद्घाटन
बिहीबार, माघ १७, २०८१
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको भव्य उद्घाटन गरिएको छ । पाँच दिनसम्म चल्ने स्वर्ण महोत्सवको बिहिवार बिशेष समारोहका बीच संघीय सांसद गंगा कार्की विश्वले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कार्कीले इतिहाँस बोकेको विद्यालयको शैक्षिक भविष्यका लागि आफ्नो तर्फबाट सक्दो...

कादुरीको सहयोगमा दुर्गम थामी बस्तीको घरघरमा खानेपानीको धारा
मंगलबार, माघ १५, २०८१
मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको दुर्गम थामी बस्तीमा खानेपानीको पहुँच पुगेको छ । हङ्कङको कादुरी एग्रिकल्चर एड् एसोसिएसन ब्रिटिस गार्खाज नेपाल पोखराले एक घर एक धारा निर्माण गरिदिएपछि थामी बस्तीमा खानेपानीको पहुँच पुगेको हो ।

हिलेपानी संस्कृत मावि स्वर्ण महोत्सव मनाउँदै
आइतबार, माघ १३, २०८१
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अबसरमा बिभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो ।