
एकाबिहानै मोबाईलमा नोर्टिफिकेसनको घन्टी बज्यो । म्यासेजको इन्बक्स चेक गर्दा कार्यक्रममा बोलाईएको म्यासेज आएको रहेछ । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘प्रदेय’ साहित्यिक पत्रिका विमोचन तथा बिष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान कार्यक्रम ।
जिल्लामा साहित्य सुस्ताउन थालेको छ । यस्तो बेला साहित्यिक कार्यक्रम हुनु सुखद कुरा पनि हो । साहित्य लेखन मेरो बिधा नभएर पनि होला खासै कलम चल्दैन । तर साहित्य सृजना सुन्न, साहित्यिक जमघटहरुमा सहभागी हुन खुब रुची लाग्छ । निम्तो आएजति साहित्यिक कार्यक्रम सकेसम्म छुटाउन मन लाग्दैन । त्यसैले कार्यक्रममा सहभागी हुन म काठमाडौंबाट रातारात चरिकोट हुुईकिँए ।
मध्य जाडोको सिजन छ । काठमाडौंदेखि सिन्धुपाल्चोकको खाडीचौरसम्मको मौसम उस्तै जस्तो लाग्छ । तर त्यसभन्दा माथि उक्लिरहँदा चिसोले झन बढी स्पर्श गरिरहेको हुन्छ । मुढे र खरिढुंगा आईपुग्दा शरीरले थप न्यानो खोजिरहेको छ । पर्यटकीय क्षेत्र कालिञ्चोकमा हल्का हिमपातको समाचार सुनेर होला सडकमा आन्तरिक पर्यटकको आवागमन र चहलपहल बढेको बुझ्न सकिन्थ्यो ।
कठ्याङग्रिदो चिसो पचाउँदै चरिकोट आईपुगियो । सदाबहार चिसो चरिकोट झन चिसो हुने भैहाल्यो । मध्य जाडोयामको समय भएपनि हिमपात भैसकेको छैन । यतिबेला कालिञ्चोक, शैलुङ, हनुमन्ते, च्योर्दुङका डाँडाकाँडा सेताम्मे भैसक्नुपर्ने हो । एकातिर हिउँपानी नपर्दा लगाएको बाली नसप्रिने हो कि भन्ने किसानको चिन्ता छ । अर्कातिर हिउँ खेलेर रमाउन बानी परेका पर्यटकहरु व्यापक हिमपातको पर्खाइमा छन् ।
भोलीपल्ट माघे सक्रान्ति । यही मेसोमा साहित्यिक कार्यक्रम, एउटा गजबको संयोग बन्यो । चिसोको प्रबाह नगरी स्रष्टा, सर्जक, साहित्य प्रेमी, साहित्य अनुरागीहरु बिहान ८ बजेनै कार्यक्रमका लागि भेला भए । सहभागीहरुले तरुल, चाकु, तिलको लड्डु जस्ता परिकारको स्वादसँगै आपसमा संक्रान्तिको शुभकामना आदानप्रदान गरे । बिनिता शिवाकोटीको अत्यन्तै सुन्दर उद्घोषणसँगै कार्यक्रम सुरु भयो । साहित्य क्षेत्रमा कलम चलाउँदै आएकी सुशिला शर्मालाई नगद पुरस्कार र प्रमाणपत्रसहित बिष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान प्रदान गरियो । साथै प्रदेय साहित्यिक पत्रिका सार्बजनिक गरियो । जिल्लामा सुस्ताउन थालेको साहित्य र यसको महत्व बारेमा चर्चा–परिचर्चा, समिक्षात्मक टिप्पणी, छलफल, अन्तरक्रिया भयो ।
जिल्लामा हिजोआज यस्ता कार्यक्रम दुर्लभ जस्तै छन् । बाक्लो साहित्यिक जमघट, साहित्य सम्मान, साहित्यिक पत्रिका सार्बजनिक एकैसाथ हुँदा जिल्लाको साहित्य जिबित रहेको आभास हुन्थ्यो । साहित्यका सबैजसो विधाका लेख, रचना, सृजना समेटिएको प्रदेय साहित्यिक पत्रिका त्यसको एउटा प्रमाण थियो ।
जिल्लामा हिजोआज यस्ता कार्यक्रम दुर्लभ जस्तै छन् । बाक्लो साहित्यिक जमघट, साहित्य सम्मान, साहित्यिक पत्रिका सार्बजनिक एकैसाथ हुँदा जिल्लाको साहित्य जिबित रहेको आभास हुन्थ्यो । साहित्यका सबैजसो विधाका लेख, रचना, सृजना समेटिएको प्रदेय साहित्यिक पत्रिका त्यसको एउटा प्रमाण थियो । स्रष्टा शंकरलाल श्रेष्ठ भन्छन्, ‘प्रदेय जिल्लाको साहित्यिक झिल्कोको रुपमा स्थापित भएको छ, जसले मोफसलको साहित्य मर्न दिएको छैन ।’
प्रदेय साहित्यिक पत्रिका २०५६ सालमा दर्ता भएर प्रकाशनमा आउन थालेको हो । मासिक पत्रिकाको रुपमा दर्ता भएको प्रदेय आर्थिक संकटका कारण लामो समय प्रकाशन हुन सकेन । २०६८ सालबाट यो बार्षिक रुपमा निरन्तर प्रकाशन हुँदै आएको छ । मोफसलको साहित्य प्रबर्द्धनमा प्रदेय र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले गर्ने कार्यक्रमले महत्वपुर्ण योगदान पु¥याएकोमा दुईमत छैन ।
जिल्लाका अग्रज पत्रकार चिरञ्जीबी मास्केले मुर्झाउँदै गएको साहित्य क्षेत्रको प्रवर्द्धन र श्रीबृद्धिका लागि यो कार्यक्रमको थालनी गरेका हुन् । मास्केले यो कार्यक्रम थालनी र पुरस्कार स्थापनाका लागि औँठी बेच्नुप¥यो । साहित्यप्रति अगाध रुची र प्रेमका अगाडी उनका लागि औंठी सामान्य बन्यो । ‘पत्रकारिता र साहित्यको गहिरो सम्बन्ध छ, पत्रकारितासँगै साहित्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने मनसायले यो सुरुवात गरेको थिएँ, जेनतेन आजसम्म निरन्तरता दिन सकेकोमा खुसी छु, उनले भने ।’
साहित्यकार समेत रहेका प्रल्हाद पोखरेल धेरै वर्षअघि दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा दिनहुँजसो कुनै न कुनै साहित्यिक गतिविधिहरु हुन्थे । दिनहुँ नभए साप्ताहिक कार्यक्रमहरु टुट्दैन थियो । साहित्यसँग सम्बन्धित संघसंस्थाहरु सक्रिय थिए । जमर्को साहित्यिक यात्रा, दोलखा साहित्य यात्रा जस्ता अभियानहरु संचालन हुन्थे । रेडियोहरुबाट प्रसारण हुने साहित्यिक कार्यक्रमहरु लोकप्रिय थिए ।
हिजोआज मोफसलमा साहित्यिक कार्यक्रम र गतिबिधिहरु हुन छाडेका छन् । वर्षमा एक/दुई पटक महत्वपुर्ण साहित्यिक जमघट देख्न मुस्किल छ । यस्तो रिक्तताका बेला व्यक्तिगत पहल र प्रयासमा साहित्य जोगाउने मास्केको भूमिका सह्रानिय छ ।
तर हिजोआज मोफसलमा साहित्यिक कार्यक्रम र गतिबिधिहरु हुन छाडेका छन् । वर्षमा एक/दुई पटक महत्वपुर्ण साहित्यिक जमघट देख्न मुस्किल छ । यस्तो रिक्तताका बेला व्यक्तिगत पहल र प्रयासमा साहित्य जोगाउने मास्केको भूमिका सह्रानिय छ । ‘जिल्लाका साहित्यिक संघसंस्था निष्क्रिय हुनु र साहित्य क्षेत्र चलायमान नहुनु गम्भीर चिन्ता र समिक्षाको विषय हो, साहित्यकार विष्णु सुवेदीले कार्यक्रमको समापनसँगै जनप्रतिनिधिलाई आग्रह गरे, ‘यस क्षेत्रलाई चलायमान बनाउन थोरै भएपनि सहयोग गरिदिनुस् ।’
अर्को संयोग यही तिथिमा कार्यक्रमका पहलकर्ता पत्रकार मास्केको जन्मदिन । कार्यक्रममा उपस्थित भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लगायतले शुभकामना दिँदै जिल्लाको साहित्य जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे । सुस्ताउँदै गएको साहित्य प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।