Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रहरीको बर्दी खोलेर हतियार लुट्ने दोलखा शैलुङका घिसिङ पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रहरीको बर्दी खोलेर लखेट्ने व्यक्तिको पहिचान खुलेको छ । भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने दोलखाको शैलुङ गाउँपालिका–९, का गौतम घिसिङ पक्राउ परेका छन् । 

आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गरेका थिए । त्यसपछि कतिपय प्रहरी बागमती नदीमा हामफालेका थिए ।

जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो ।

घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सो दिन हतियार लुट्नेमध्येका केही व्यक्ति पक्राउ परिसकेका छन् ।

tinkune-police-lakhetne-gne-z-1760881330.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update