Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दलहरुसँग छलफलमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग दलहरुसँग छलफलमा जुटेको छ । आगामी फागुन २१ मा घोषित निर्वाचनका सन्दर्भमा आयोग राजनीतिक दलहरूसँग छलफलमा जुटेको हो ।  

आयोगले छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो । छलफल आयोगको कार्यालयमा हुनेछ । 

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update