काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलेदलहरुसँग संवादको तयारी गरेकी छन् । फागुन २१ मा घोषित निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार कार्कीले दलहरुलाई कात्तिक ४ गते मंगलबार अपराह्न ४ बजे बालुवाटारमा बोलाएकी हुन् । राष्ट्रिय मान्यता प्राप्त सात वटा दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन भनिएको रावलले जानकारी दिए ।
यस छलफलमा विघटित संसदका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरू बोलाइएको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमै छलफल गरेका थिए। फेरि प्रधानमन्त्री कार्कीले नै छलफल गर्न लागेकी हुन्।