Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको चारवटा पालिकामा भालु र चितुवा आतंक, सतर्क रहन प्रशासनको आग्रह

चरिकोट । दोलखाको चारवटा पालिकामा भालु र चितुवाको आतंक बढेको छ । तामाकोशी, बैतेश्वर, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा भालु र चितुवाको आतंक बढेको हो । केही साता यता भालु र चितुवाको श्रृंखलाबद्ध आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै चार जना घाईते भैसकेका छन् ।

भालुको आक्रमबाट वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषले ज्यान गुमाएका छन् भने जिरी नगरपालिकामा चार जना घाईते भैसकेका छन् । 

यसैबीच बैतेश्वर, तामाकोशी, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा भालु र चितुवाको आतंक बढेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आज जारी गरेको सूचनामा भालु, चितुवा जस्ता जंगली जनावरहरुले घरपालुवा जनावर र मानिसहरुमाथि आक्रमण गर्ने क्रम बढेको भन्दै सजग रहन आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर ओलेले जंगली जनावरबाट बच्न ११ बुँदे उपाय सहित सजग रहन आग्रह गरिएको बताए । 

cdo-office-dolakha-notic-1760886076.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update