Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछापमा बस दुर्घटना हुदा १३ जना घाइते
रामेछापमा बस दुर्घटना हुदा १३ जना घाइते रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन
एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिवार बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो ।
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह  जिल्ला प्रशासन कार्यालय दोलखाले हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियारहरु बुझाउन आग्रह गरेको  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो । 
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा आज हिन्दु धर्मलवम्बीहरुको महान चाड बडा दशै,शुभदिपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरीएको हो । 
नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु 
नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु  नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ...
भीमेश्वर मन्दिरबाट हराएको मुर्ती अझै फेला परेन
भीमेश्वर मन्दिरबाट हराएको मुर्ती अझै फेला परेन चरिकोट – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरबाट दुई वर्षअघि हराएको मुर्ति अझै फेला पर्न सकेको छैन । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित मन्दिरको मुलगेटमा रहेको मुर्ति २०७८ साल कात्तिक २४ गते राती चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मुर्ति खोजी कार्य जारी रहनेपनि हालसम्म मुर्ती र मुर्ति...
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भुगोलकै उम्मेवार उठाउने भएको छ । यसअघिका निर्वाचनहरुमा गैरभूगोलका नेताहरुलाई उम्मेदवार बनाएको भन्दै आलोचना हुने गरेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको प्रदेश निर्वाचन क्षेत्रतर्फ (ख) मा एमालेबाट भूगोलकै नेता उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
घटस्थापनामा दोलखाली पूर्वसांसद र नेताहरुको काठमाण्डौंमा जमघट (तस्बिरहरु)
घटस्थापनामा दोलखाली पूर्वसांसद र नेताहरुको काठमाण्डौंमा जमघट (तस्बिरहरु) काठमाण्डौं - दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा दोलखाका राजनीतिक दल तथा सांसदहरु चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीत भएका छन् । चाडवाडले छोपेसँगै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएका हुन् ।
पितृ खुसी नभएको निहुँमा रामेछापमा एक जनाको हत्या
पितृ खुसी नभएको निहुँमा रामेछापमा एक जनाको हत्या मन्थली - रामेछापको खाँडादेवी गाउँपालिकामा एक जना बृद्धाको हत्या गरिएको छ । खाँडादेवी गाउँपालिका (३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै  एक वृद्धाको कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट अर्की एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
थामी समाज दोलखाको छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन
थामी समाज दोलखाको छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन चरिकोट – नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाको छैटौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार अधिवेशनको उद्घाटन समारोहपछि राती अबेरसम्म चलेको बन्दसत्रले होमबहादुर थामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बसन्त थामी, उपाध्यक्षमा विक्रम थामी, महिला उपाध्यक्षमा वविता थामी चयन...
आकस्मिक सवारी लाईसेन्सका लागि आवेदन खुल्यो
आकस्मिक सवारी लाईसेन्सका लागि आवेदन खुल्यो काठमाण्डौं - यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए।
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ चरिकोट - दोलखा घर भएका एक जना मिटरव्याजी काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेजबिक्रम कार्की रहेका छन् । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । जिल्लाका एक जना पीडितको जाहरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोलखा स्थायी घर भएपनि उनी रौतहटको चन्द्रनिगाहपुरु बस्दै आएका थिए...
Weather Update