काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । कार्कीको शपथ ग्रहण पनि शुक्रबार गराउने तयारी छ ।
नयाँ प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै सघन छलफल र परामर्श गरेका थिए । उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे।
उच्च स्रोतका अनुसार राष्ट्रपतिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछि छलफल गरेका छन् ।
छलफलफका क्रममा संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाएका थिए । संविधानको पालनकर्ता र संरक्षकका हिसाबले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने बताईएको छ ।
स्रोतले बताए अनुसार नियुक्त प्रधानमन्त्रीले संसद विघटन र चुनावको मिति सिफारिस गर्नेछन् ।