इजरायलद्धारा ६ देशहरुमा आक्रमण, २०० बढीको मृत्यु
काठमाडौं । इजराइलले बिभिन्न ६ देशहरुमा आक्रमण गरेको छ । पछिल्ला ७२ घण्टामा गरिएको आक्रमणमा दुई सय बढीको मृत्यु भएको छ । गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया इजरायलले आक्रमण गरेको हो । आक्रमणमा १००० भन्दा बढी घाइते भएको संचारमाध्यमहरुले जनाएका छन्।
यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको दाबी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ०८:२४
प्रतिक्रिया दिनुहोस्