काठमाडौं । जेनजीहरुले सोमबार गरेको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाएका छन् । भ्रष्टाचारको अन्त्य र समाजिक सञ्जाल बन्दको बिरोधमा उनीहरु सडकमा उत्रिएका थिए । देशभर मृतकको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ । प्रदर्शनका क्रममा घाईते भएका ४ सय बढीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
काठमाडौ बाहिरका धेरै सहरहरुमा जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध सरकारले दमन गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रममा घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्रहरी दमनमा उत्रिएपछि प्रदर्शनकारी थप आक्रोसित बनेका थिए ।