Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जिल्ला समन्वय समितिद्धारा नयाँ जनप्रतिनिधिलाई स्वागत र पुरानाको बिदाई
जिल्ला समन्वय समितिद्धारा नयाँ जनप्रतिनिधिलाई स्वागत र पुरानाको बिदाई  जिल्ला समन्वय समिति दोलखाले निवर्तमान जनप्रतिनिहिरुलाई बिदाई गर्दैै नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । जिल्ला समन्वय समितिले सदरमुकाम चरिकोट स्थित आफ्नो सभाकक्षमा पाँच वर्षे कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरुको बिदाई र नयाँ जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना र स्वागत कार्यक्रमको आयोजना गरेको हो । 
यी हुन् सम्पर्कविहिन तारा एयरको जहाजमा सवार चालक दलका सदस्य तथा यात्रुहरु (नामावली)
यी हुन् सम्पर्कविहिन तारा एयरको जहाजमा सवार चालक दलका सदस्य तथा यात्रुहरु (नामावली) काठमाण्डौ - पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन तारा एयरको ९ एनएईटी ट्विनअटरको खोजी भइरहेको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए । तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जहाजमा तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेको जानकारी दिए । हराइरहेको विमानको हेलिकप्टरमार्फत खोजी...
कोरियन भाषा परीक्षा संचालनको तयारी, ९ हजार नेपाली कामदार कोरिया जाँदै
कोरियन भाषा परीक्षा संचालनको तयारी, ९ हजार नेपाली कामदार कोरिया जाँदै काठमाण्डौं - दुई वर्षदेखि स्थगित भएको नेपाली कामदार कोरिया पठाउने प्रक्रिया पुनः सुचारु हुने भएको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णहरू मध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरूलाई यसै वर्ष दक्षिण कोरिया पठाउने तयारी छ ।
जेष्ठ नागरिकलाई पौष्टिक आहार दिएर वडा अध्यक्षको पदभार ग्रहण
जेष्ठ नागरिकलाई पौष्टिक आहार दिएर वडा अध्यक्षको पदभार ग्रहण चरिकोट - दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ८ को अध्यक्षमा निर्वाचित शान्त बहादुर जिरेलले शुक्रवार पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिरेल नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
दोलखामा ४०२ जना उम्मेदवारको जमानत जफत
दोलखामा ४०२ जना उम्मेदवारको जमानत जफत चरिकोट – स्थानीय तह निर्वाचनमा दोलखामा ४०२ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहको बिभिन्न पदमा उम्मेदवारी दिएका ४०२ जना उम्मेदवारहरुको जमानत जफत भएको जनाएको छ ।
मेलुङ गाउँकार्यपालिकामा एमालेका ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित, गाउँसभामा एमालेको दुई तिहाई
मेलुङ गाउँकार्यपालिकामा एमालेका ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित, गाउँसभामा एमालेको दुई तिहाई चरिकोट - दोलखाको मेलुङ गाउँकार्यपालिकाले पुर्णता पाएको छ । शुक्रवार सम्पन्न निर्वाचन प्रक्रियाबाट ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित भएपछि गाउँ कार्यपालिकाले पुर्णता पाएको हो । ६ जना कार्यपालिका सदस्य चयनको लागि भएको निर्वाचन प्रक्रियामा अन्यको मनोनयन दर्ता नभएपछि नेकपा एमालेका ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।
भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुखसहित एमालेको स्पष्ट बहुमत
भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुखसहित एमालेको स्पष्ट बहुमत चरिकोट – दोलखाको दुई स्थानीय तहमा प्रमुख गुमाएको एमालेले कार्यपालिकामा भने स्पष्ट बहुमत पाएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक गरेको बिवरण अनुसार भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा एमालेका उपाध्यक्षसहित बहुमत सदस्यहरु विजयी भएका हुन् ।
निर्वाचनको संघारमा दोलखामा धमाधम शंकास्पद व्यक्तिहरु पक्राउ
निर्वाचनको संघारमा दोलखामा धमाधम शंकास्पद व्यक्तिहरु पक्राउ चरिकोट - निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा धमाधम शंकास्पद व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । जिल्लाको वैतेश्वर प्रवेश गरेका २ जना गैर मतदातालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसअघि तामाकोसी गाउँपालिकाको झुलेबाट शंकास्पद १० जना बाहिरका युवाहरुलाई मोटरसाईकल सहित पक्राउ गरेको थियो ।
थामी समुदायबाट उपाध्यक्षका लागि दुई जना चुनावी मैदानमा, पिछडिएको समुदायलाई सत्तामा पुर्याउने अबसर 
थामी समुदायबाट उपाध्यक्षका लागि दुई जना चुनावी मैदानमा, पिछडिएको समुदायलाई सत्तामा पुर्याउने अबसर  चरिकोट – पिछडिएको थामी समुदायबाट दोलखामा उपाध्यक्ष पदका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको विगु गाउँपालिकाबाट देविका थामी र कालिञ्चोक गाउँपालिकाबाट कविता थामीले उपाध्यक्षका लागि चुनाव लड्दैछन् । लामो समय राजनीतिक र सामाजिक कार्यमा सक्रिय उनीहरुले यो स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदको लागि टिकट पाएका हुन् ।...
कालिञ्चोकमा निर्वाचन प्रभावित पार्ने गठबन्धन उम्मेदवारको प्रयास, मतदाता परिचयपत्र र नागरिकता संकलन गरेको खुलासा
कालिञ्चोकमा निर्वाचन प्रभावित पार्ने गठबन्धन उम्मेदवारको प्रयास, मतदाता परिचयपत्र र नागरिकता संकलन गरेको खुलासा चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले निर्वाचन प्रभावित बनाउन मतदाताको परिचय पत्र र नागरिकता संकलन गर्न थालेका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा लाईनमा बस्न नपर्ने र सिधै भोट हाल्ने व्यवस्था मिलाउने आसवासन दिँदै उनीहरुले मतदाता परिचय पत्र र नागरिकता संकलन गरेका हुन् ।
बुथ कब्जा गर्न दोलखाको झुले प्रवेश गरेका युवाहरु प्रहरीको नियन्त्रणमा 
बुथ कब्जा गर्न दोलखाको झुले प्रवेश गरेका युवाहरु प्रहरीको नियन्त्रणमा  चरिकोट  - निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैर मतदाता प्रवेश गरेको पाईएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
दोलखामा गठबन्धनका कार्यकर्ताले सुरु गरे निर्वाचन अशान्त बनाउने प्रयास
दोलखामा गठबन्धनका कार्यकर्ताले सुरु गरे निर्वाचन अशान्त बनाउने प्रयास चरिकोट - दोलखामा सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनलाई अशान्त बनाउने प्रयास सुरु गरेको छ । जिल्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपुर्ण हुनेमा चिन्ता व्यक्त भैरहेका बेला गठबन्धनका कार्यकर्ताहरुले शनिवार एमाले कार्यकर्तामाथि आक्रमणको प्रयास गरेका छन् ।
Weather Update