दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउन्ड गोली चल्यो, एक नेपाली सेना घाइते
आइतबार, मंसिर ४, २०७९

दोलखाको गैरीमुदिमा तनाव सिर्जना, प्रहरीद्धारा तीन राउन्ड हवाई फायर
आइतबार, मंसिर ४, २०७९
दोलखाको बैतेश्वर गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा हवाई फायर
आइतबार, मंसिर ४, २०७९
दोलखाको तामाकोसी गाउापालिका वडा नं २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।

चुनावी सुरक्षा : दोलखा फेरि ‘रेडजोन’मा, बुथ कब्जाको कलंक मेटिएला ?
शुक्रबार, मंसिर २, २०७९
काठमाडौं - निर्वाचन आयोगले दोलखाको अति सम्वेदनशील मतदान केन्द्रहरुलाई विशेष निगरानीमा राखेको जनाएको छ । प्रत्येक निर्वाचनमा जिल्लाको केही मतदान केन्द्र स्थित बुथ कब्जा हुँदै आएको छ । गत स्थानीय निर्वाचनमा पनि बैतेश्वर र तामाकोशी गाउँपालिकाका केही बुथ कब्जा गरिएको थियो ।

निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने
शुक्रबार, मंसिर २, २०७९
काठमाडौं - निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका अनुसार सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने गरी मतगणनाको तयारी भैरहेको छ ।

निर्वाचनका लागि विशेष सुरक्षा योजना लागु गर्ने तयारी
बिहीबार, मंसिर १, २०७९
काठमाडौँ - मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा योजना तयार पारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको सहायतामा गृह मन्त्रालयले विशेष सुरक्षा योजना तयार पारेको हो । जसअन्तर्गत विभिन्न २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनाइएको छ ।

बिहिवार मध्यरातबाट चुनावी प्रचारप्रसार गर्न निषेध
बुधबार, कात्तिक ३०, २०७९
काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलहरुलाई बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न भनेको छ । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । सोही अनुसार...

दोलखाको ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन
बुधबार, कात्तिक ३०, २०७९
चरिकोट – दोलखाको विगु गाउँपालिका ७ स्थित विगु गुम्बा (टाशी छिमे गछाल गोन्पा) को उद्घाटन गरिएको छ । २०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुर्याएको उक्त गुम्बा पुर्ननिर्माणपछि मंगलबार एक समारोहकाबीच लामा क्याब्जे थुुब्तेन जोपा रिन्पाछेले उद्घाटन गरे ।

निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा
मंगलबार, कात्तिक २९, २०७९
काठमाडौँ - सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विश्वको जनसंख्या ८ अर्ब पुग्यो
मंगलबार, कात्तिक २९, २०७९
काठमाडौँ - विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाद्धारा जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषित
आइतबार, कात्तिक २७, २०७९
आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लालाई आइताबारदेखि मदिरा निषेधित क्षेत्र घोषण गरीएको छ ।

मोटरसाइकलको लेग गार्डमा लुकाएर राखेको अवस्थामा धारिलो हतियार सहित दोलखाका एक पुरुष पक्राउ
मंगलबार, कात्तिक २२, २०७९
मोटरसाइकलको लेग गार्डमा लुकाएर राखेको अवस्थामा धारिलो हतियार तरवारसहित २ जना पक्राउ परेका छन । आइतबार राति ८ बजे बालाजुबाट बुलेट बाइकको लेग गार्डमा फिटिङ्ग गरिएको धारिलो हतियार तरवार र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रामेछापमा ट्याक्टर दुर्घटनामा हुदाँ एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
शनिबार, कात्तिक १९, २०७९
उमाकुण्ड गाउँपालिका–५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको ज्यान गएको छ । लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टिँदा स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।