निर्वाचन बिथोल्न २३ वटा समुह सक्रिय
शनिबार, कात्तिक १९, २०७९

हत्या आरोपमा दोलखा मेलुङ गाउँपालिकाका एक महिला सहित दुईजना पक्राउ
शुक्रबार, कात्तिक १८, २०७९
काभ्रेको धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ ।

दोलखामा गठबन्धन निकट युवा संगठनको विज्ञप्ती : ‘गठबन्धनमा प्रतिवद्ध छौं’
बिहीबार, कात्तिक १७, २०७९
चरिकोट – दोलखामा सत्तारुढ गठबन्धन निकट युवा संगठनहरुले वाम लोकतान्त्रिक गठबन्धनप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । बिहिवार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा संविधान रक्षाको लागि गठबन्धन गर्नुपरेको भन्दै यसप्रति प्रतिवद्ध रहेको जनाएका हुन् ।

दक्षिण कोरियाले १६ मुलुकको (एपिएस) सम्झौता एकैसाथ नवीकरण गर्दै
बिहीबार, कात्तिक १७, २०७९
काठमाण्डौं - दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने तयारी गरेको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्न लागिएको हो । जसका कारण नवीकरण केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

बिशेष मेलामा हार्दिक निमन्त्रणा..
बिहीबार, कात्तिक १७, २०७९
दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ८ थामीचागु स्थित प्रसिद्ध सेतीदेवी गजाधुमीमाई मन्दिरमा प्रत्येक वर्ष लाग्ने मेला यो वर्ष यही मिति २०७९ साल कात्तिक २१ गते डिजेको बेजोड प्रस्तुतीहरु सहित विशेष र भव्य रुपमा सम्पन्न गरिने भएको हुँदा सम्पुर्ण दर्शनार्थी भक्तजनहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

दोलखामा डेंगु संक्रमितको संख्या १ सय नाघ्यो
मंगलबार, कात्तिक १५, २०७९
दोलखामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग संक्रमणको संख्या एक सय नाघेको छ । दोलखाको ७ वटै स्थानिय तहहरुमा हाल सम्म १ सय ६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार संक्रमित हुनेमा ४७ जना महिला र ६१ जना पुरुष रहेका छन् ।

दोलखा विगु गाउँपालिकाका एक बालकको सवारी दुर्घटनामा परी मृत्यु
आइतबार, कात्तिक १३, २०७९
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको कार, मोटरसाइकल र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

निर्वाचन सामग्री धमाधम ढुवानी
शनिबार, कात्तिक १२, २०७९
काठमाण्डौं - आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिक तर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ।

दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुबेर एक युवकको मृत्यु
बुधबार, कात्तिक ९, २०७९
चरिकोट - दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुबेरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका ३५।३६ वर्षका चेत बहादुर तामाङ रहेका छन् । उनको आफ्नै घरदेखी ५० मिटरको दुरीमा रहेको किवी खेतीमा सिंचाईका लागि बनाएको पोखरीमा डुबेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको...

चुनाव खर्चमाथि निगरानी गर्न अख्तियारलाई आयोगको पत्र
सोमबार, कात्तिक ७, २०७९
काठमाडौं - चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ भन्दै अख्तियारमा पत्राचार गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारी दोलखाका कोषाध्यक्ष ओली एमाले प्रवेश
सोमबार, कात्तिक ७, २०७९
काठमाण्डौं – माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी दोलखाका कोषाध्यक्ष वालकृष्ण ओली नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले दोलखा काठमाण्डौं सम्पर्क मञ्चले दिपावली लगायत पर्वहरुको अबसरमा काठमाण्डौंमा सोमवार आयोजना गरेको कार्यक्रममा उनी एमाले प्रबेश गरेका हुन् ।
1666591594.jpg)
‘जिरीलाई पर्यटकीय हबको रुपमा विकास गरेर समृद्ध बनाउने योजना छ’
सोमबार, कात्तिक ७, २०७९
जिरी – नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार नरबहादुर श्रेष्ठले पर्यटकीय नगरी जिरीको विकासको सन्दर्भमा आफ्नो योजना प्रस्तुत गरेका छन् । जिरी नगरपालिकाका मतदाताहरुसँगको भेटघाटका क्रममा उम्मेदवार श्रेष्ठले जिरीलाई पर्यटन विकासको माध्यमबाट साँचो अर्थमा स्वीट्जरल्याण्डको स्तरमा पुर्याउन सकिने बताए । जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै...

दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा जिम्मेवार निकाय बेखबर
सोमबार, कात्तिक ७, २०७९
चरिकोट – दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन सुरु भएको विषयमा जिम्मेवार निकाय बेखवर जस्तै देखिएको छ । जिल्लामा राजनीतिक दलहरुले जनप्रतिनिधिहरुलाई आफ्नै कार्यक्षेत्रभित्र पर्नेगरी निर्वाचन परिचालन अभियानमा खटाउने लगायत आचारसंहित बिपरितका गतिविधि भैरहेका छन् ।