Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डेंगु संक्रमण देशभर फैलियो, सात जनाले ज्यान गुमाए
डेंगु संक्रमण देशभर फैलियो, सात जनाले ज्यान गुमाए काठमाडौं - साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् ।
१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्यो
१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्यो काठमाण्डौं  - नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान...
पूर्वमन्त्री पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक लोकार्पण
पूर्वमन्त्री पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक लोकार्पण काठमाडौँ - पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाण्डौंको तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच पूर्वराजदूत नीलाम्बर आचार्य, बुबा इन्द्रप्रसाद र आमा रनधाता पोखरेल लगायतले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे ।
दोलखाको जिरी नगरपालिकामा एक पुरुष मृत फेला
दोलखाको जिरी नगरपालिकामा एक पुरुष मृत फेला दोलखाको जिरी नगरपालिकामा एक पुरुष मृत फेला परेका छन । जिरी नगरपालिका वडा नम्बर ९ चिपचिपे नजिकै खोलाखर्क स्थित खोलामा जिरी नगरपालिका ८ होसिङगा खत्रीटोलका ४१ वर्षीय राजन कुमार खत्री आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिक्देलले जानकारी दिनुभयो । 
काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित रामेछापका १ जना सहित १५ जना पक्राउ 
काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित रामेछापका १ जना सहित १५ जना पक्राउ  प्रहरीले काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।
दोलखामा कति होलान् अबैध हातहतियार ? ५३ वटा ईजाजत दिएको प्रशासनको तथ्यांक !
दोलखामा कति होलान् अबैध हातहतियार ? ५३ वटा ईजाजत दिएको प्रशासनको तथ्यांक ! चरिकोट - नेपालको कानुनले बिना ईजाजत हातहतियार तथा खरखजना प्रयोगमा प्रतिबन्ध लगाएको छ । अनुमति बिना कुनैपनि प्रकारको हातहतियार प्रयोगमा बन्देज लगाईएको छ । यद्यपी अबैध हातहतियारको प्रयोग र त्यसबाट धेरै धनजनको क्षतिका घट्नाहरु भैरहेकै छन् ।
ओरियन्ट म्याग्नेसाईट उद्योगको पाटपुर्जा हराए
ओरियन्ट म्याग्नेसाईट उद्योगको पाटपुर्जा हराए चरिकोट - दोलखा र सिन्धुपाल्चोक स्थित ओरियन्ट म्याग्नेसाईट उद्योग वर्षौंदेखि बन्द रहँदा त्यहाँ रहेको महत्वपुर्ण पाटपूर्जाहरु हराएका छन् । ओरियन्ट म्याग्नेसाइट उद्योगको संरचना दुई जिल्लामा निर्माण भएको थियो । उद्योग ३४ वर्षदेखि बन्द छ । उद्योग बन्द हुँदा धेरैको रोजगारीको अवसर गुमेको छ ।
बैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च
बैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च काठमाडौँ - वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन बढ्न थालेको छ । साउन महिनादेखि उक्त संख्या झन्डै दोब्बर भएको तथ्यांकले देखाएको छ । हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भइरहेको वैदेशिक रोजगार कार्यालय काठमाडौंले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
कन्टेनर दुर्घट्नामा परी घाईते भएका दोलखा गौरीशंकरका युवकको मृत्यु
कन्टेनर दुर्घट्नामा परी घाईते भएका दोलखा गौरीशंकरका युवकको मृत्यु काठमाण्डौं – रसुवामा भएको कन्टेनर दुर्घट्नामा दोलखाको गौरीशंकर गाउँपालिका घर भएका एक युवकको ज्यान गुमाएका छन् । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २३ वर्षिय विश्वनाथ भूजेल रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
ईन्धनको मूल्यमा सरकार : घटेर आउँदा मौन, बढ्दा बढाउने
ईन्धनको मूल्यमा सरकार : घटेर आउँदा मौन, बढ्दा बढाउने काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समायोजन नगरेको सरकारले बढेर आउँदा भने नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य घटेर आउँदा भने आयल निगम मौन बसेको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ ।
Weather Update