Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा ढुंगा लागेर एसईई दिएर बसेका विद्यार्थीको मृत्यु
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा ढुंगा लागेर एसईई दिएर बसेका विद्यार्थीको मृत्यु चौतारा - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ माझटोलका १८ वर्षिय अमित थामी रहेका छन् ।
घट्न थाल्यो सुनको मूल्य, दुई हप्तामा दुई हजार दुई सय घट्यो
घट्न थाल्यो सुनको मूल्य, दुई हप्तामा दुई हजार दुई सय घट्यो काठमाडौँ - दुई सातायता सुनको भाउ ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य घट्दो ट्रेन्डमा छ । त्यसको असर नेपालमा पनि परेको व्यवसायीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सातामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ ।
‘निलम्बित प्रधानन्यायधीश जबरा भन्छन् : महाअभियोग निष्क्रिय भैसक्यो’
‘निलम्बित प्रधानन्यायधीश जबरा भन्छन् : महाअभियोग निष्क्रिय भैसक्यो’ काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदै जबराले महाभियोग निष्क्रिय भैसकेकाले आफूलाई न्याय दिन समितिलाई आग्रह गरे ।
जिल्ला अधिवेशनको एक वर्षपछि कांग्रेस दोलखाको कार्यसम्पादन समिति गठन
जिल्ला अधिवेशनको एक वर्षपछि कांग्रेस दोलखाको कार्यसम्पादन समिति गठन चरिकोट – नेपाली कांग्रेस दोलखाले जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको एक वर्षपछि कांग्रेसले जिल्ला कार्यसम्पादन समिति गठन गरेको हो । सभापति बर्मा लामाले आज प्रेस नोट जारी गर्दै जिल्ला पदाधिकारी तथा सदस्यसहितको १९ सदस्यीय कार्यसम्पादन समिति गठन भएको जानकारी गराएका छन् ।
सिन्धुपाल्चोकमा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु
सिन्धुपाल्चोकमा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु चौतारा - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु भएको छ । पारिवारिक विवादमा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका १ गोवागाङ गाउँका ८० वर्षका कामीढिण्डु लामा रहेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसार गर्न बन्देज
स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसार गर्न बन्देज काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनप्रतिनिधिहरुलाई प्रचारप्रसार गर्न निर्वाचन आयोगले बन्देज गरेको छ । आयोगले सोमबार राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिता अनसार स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् ।
निर्वाचनका लागि १९ अर्ब खर्च, स्थानीय तह निर्वाचनको भन्दा दोब्बर
निर्वाचनका लागि १९ अर्ब खर्च, स्थानीय तह निर्वाचनको भन्दा दोब्बर काठमाडौँ - सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गते वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको भन्दा दोब्बर बजेट छुट्याएको छ । अर्थमन्त्रालयले मंसिरमा हुने निर्वाचनका लागि करिब साढे १९ अर्ब रुपैयाँ छुट्याएको हो । स्थानीय तह निर्वाचनमा अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।
बिना अनुमति ब्राण्डेड लोगो राखी चामल बिक्रिबितरण गर्ने ओखलढुंगाका युवक पक्राउ
बिना अनुमति ब्राण्डेड लोगो राखी चामल बिक्रिबितरण गर्ने ओखलढुंगाका युवक पक्राउ काठमाडौँ — ओखलढुंगाका एक जना पुरुष बिना अनुमति बिभिन्न ब्राण्डको लोगो राखी चामल बिक्रिबितरण गर्ने कार्यमा संलग्न रहेको भेटिएको छ । ललितपुर महानगरपालिका ३ सुन्दरीघाटस्थित सेन्चुरी प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्रान्डको लोगो राखी चामल बिक्रीरवितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ओखलढुंगा घर भएका एक जना सहित...
डाँका मुद्धामा दोषी प्रमाणित भई फरार रामेछापका एक पुरुष पक्राउ
डाँका मुद्धामा दोषी प्रमाणित भई फरार रामेछापका एक पुरुष पक्राउ मन्थली - डाँका मुद्दामा दोषी प्रमाणित भइ फरार रहेका रामेछापका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका–५ बस्ने भक्तबहादुर तामाङ रहेका छन् । उनलाई रामेछाप जिल्ला अदालतले २०७७ चैत ३० गते डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद र ७० हजार जरिवाना हुने...
गठबन्धनले  दोलखालाई किन जित्ने लिष्टमा राखेन ? 
गठबन्धनले दोलखालाई किन जित्ने लिष्टमा राखेन ?  चरिकोट – आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुबारे छलफल गर्न नेपाली कांग्रेस दोलखाले आज (सोमवार) जिल्ला स्तरिय बैठकको आयोजना गर्यो । स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित कांग्रेसले उम्मेदवारहरुबारे अन्य दलहरुभन्दा पहिले छलफल सुरु गरेको हो । सदरमुकाम चरिकोटस्थित एक स्टार होटलमा आयोजित बैठकमा बोल्ने प्रायः सबैले जिल्लाको एकमात्र प्रतिनिधिसभा तर्फको सिट कांग्रेसले...
कालिञ्चोक गाउँपालिकाको स्रोतमाथि गुठीको कब्जा
कालिञ्चोक गाउँपालिकाको स्रोतमाथि गुठीको कब्जा चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय क्षेत्रको लाखौं रुपैयाँ आन्तरिक आय वर्षौंदेखि गुमाईरहेको छ । आफ्नो क्षेत्रभित्र पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक मन्दिर र आसपासको क्षेत्रबाट उठ्ने लाखौं रुपैयाँ राजस्व गाउँपालिकाले उठाउन नसकेको हो । कालिञ्चोक गाउँपालिका भित्र पर्ने उक्त क्षेत्र गाउँपालिकाको मुख्य धार्मिक तथा...
मतदाता नामावलीमा नाम छुटेको छ ? एक हप्ताभित्र दर्ता गर्नुस्
मतदाता नामावलीमा नाम छुटेको छ ? एक हप्ताभित्र दर्ता गर्नुस् भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने...
Weather Update