अत्याधिक वर्षापछि तामाकोसी नदीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
बिहीबार, साउन १९, २०७९

बिभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका रामेछापका तीन जना पक्राउ
बुधबार, साउन १८, २०७९
मन्थली - विभिन्न मुद्दामा दोषी ठहर भएका रामेछापका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु अदालतबाट कैद र जरिवाना फैसला सुनाइएपछि फरार थिए । भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा १ वर्ष ९ दिन कैद र ६ लाख ९६ हजार ३२७ रुपैयाँ जरिवानाको फैसला सुनाइएका खाँडादेवी १ राकाथुमका तीर्थकुमार श्रेष्ठलाई...

दुर्घट्नामा परी गम्भिर घाईते उप्रेतीको उपचारका क्रममा मृत्यु
बुधबार, साउन १८, २०७९
चरिकोट – दोलखा वैतेश्वर गाउँपालिका–७, नाम्दुका शान्त बहादुर उप्रेतीको सवारी दुर्घट्नामा परी मृत्यु भएको छ । केहीदिन अघि सवारी दुर्घट्नामा परी गम्भिर घाईते भएका उप्रेतीको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । राजधानी काठमाण्डौं स्थित सुमेरु अस्पतालमा उपचारका क्रममा उप्रेतीको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको...

आगामी निर्वाचनसम्मै प्रतिनिधिसभा राख्ने सरकारको गृहकार्य
मंगलबार, साउन १७, २०७९
काठमाडौँ - सरकारले आगामी निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिनसम्म प्रतिनिधिसभालाई निरन्तरता दिने भएको छ । त्यसका लागि सरकार गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगले मिति सिफारिस गरेको एक महिना पुग्न लाग्दा पनि सरकारले चुनाव घोषणा गरेको छैन । स्रोतका अनुसार प्रचलित अभ्यासविपरीत चुनावको मिति घोषणापछि प्रतिनिधिसभा सदस्यको कार्यकाल लम्ब्याउन प्रधानमन्त्री...

ठुलो परिमाणको लागु औषधसहित काभ्रेमा पाँच जना पक्राउ
सोमबार, साउन १६, २०७९
काभ्रे - लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित ५ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । बाराको पिपरपाती गाउँपालिका –४ का अन्दाजी ३५ वर्षीय समसोदिन मिया, बनेपा–१० का २८ वर्षीय सबिन हुमागाईं दुवैले बोकेको झोलामा बरामद भएपछि अनुसन्धानको लागि बनेपाबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट पेट्रोलियम पदार्थको भाउ फेरि घटेर आयो, नेपालमा पनि घट्ला ?
सोमबार, साउन १६, २०७९
काठमाडौँ - भारतबाट पेट्रोलियम पदार्थको भाउ फेरि घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट सोमबार पठाईएको मूल्यसूची अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ...

दोलखा घर भएका नेकपा नेताहरु बिरुद्धपनि पक्राउ पुर्जी जारी
सोमबार, साउन १६, २०७९
काठमाडौं - ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएका नेताहरुमा दोलखाका मईदेवी...

गरगहनासहितको धनमाल लुटपाटको अभियोगमा सिन्धुपाल्चोकका तीन युवक पक्राउ
आइतबार, साउन १५, २०७९
काठमाडौं - धनमाल डकैती गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकका ३ जना सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ७ चावहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिबन गाउँपालिका-४ घर भएका २४ वर्षीय उत्तम तामाङ, गोकणेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोक घर भएका २४...

खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
आइतबार, साउन १५, २०७९
काठमाडौं - खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आइतबार बिहान ८ ः १३ बजे भूकम्प गएको हो । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

गाँजा फडानी तीब्र बनाउँदै रामेछाप प्रहरी
शनिबार, साउन १४, २०७९
मन्थली - रामेछाप प्रहरीले जिल्लाका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने कार्य तीब्र बनाएको छ । प्रहरीले जिल्लाको खाँडादेवी र सुनापतिका विभिन्न स्थानमा हुर्केका गाँजा फडानी गरेको हो । व्यावसायिक उत्पादनका लागि रोपेको नभई आफैं उम्रिएको गाँजा संरक्षण गरेको सूचनाको आधारमा प्रहरीले शुक्रबार ठूलो मात्रामा गाँजा फडानी गरेको जनाएको छ ।

राहादानी बनाईदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दुईसहित ४ जना पक्राउ
शनिबार, साउन १४, २०७९
काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन ।

दोलखाको पशुपति चौलागाई अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालनमा
बिहीबार, साउन १२, २०७९
दोलखाको पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालले निरन्तर रुपमा दिदै आएको शल्यक्रिया सेवा सहितको सम्पुर्ण सेवाहरु गत साउन १० गतेदेखि पुनः सुरु गरेको हो ।

एसईईको नतिजा सार्वजनिक
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई एसईईको नतिजा सार्वजनिक गरेको छ ।