‘जनप्रतिनिधिको पहिलो कार्यकाल सिकाईको अबधि थियो, नयाँ जनप्रतिनिधिलाई त्यो छुट छैन’
मंगलबार, भदौ ७, २०७९

घरायसी बिवादपछि दोलखाको जिरीमा एक दम्पती मृत भेटिए
आइतबार, भदौ ५, २०७९
चरिकोट – दोलखाको जिरी नगरपालिकामा एक दम्पति मृत अवस्थामा भेटिएका छन् । जिरी नगरपालिका वडा नम्बर ८ घर भएका उनीहरुलाई फरक फरक स्थानमा मृत फेला पारिएको हो । श्रीमतीको भीरबाट लडेको अवस्थामा र श्रीमान घरमा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

रामेछापमा बाढिले ५ घर बगायो
शुक्रबार, भदौ ३, २०७९
रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ । हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो । बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको छ ।

आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइदैं
शुक्रबार, भदौ ३, २०७९
वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

दोलखाद्धारा मिटरब्याजी पिडितहरुसँग उजुरी दर्ताको लागि आग्रह
बिहीबार, भदौ २, २०७९
जिल्ला प्रशासन कार्यालय दोलखाले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ताको लागि आग्रह गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै आगामी भदौ ५ गतेसम्म कार्यालयमा उजुरी दिन आग्रह गरेको हो । मीटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

अर्थ मन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान
बुधबार, भदौ १, २०७९
देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । त्यही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुने
बुधबार, साउन २५, २०७९
काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि आह्वान गरेको छ । भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) को कार्यक्रम सञ्चालन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

दोलखाको सितलीमा बाढीले एक दर्जन बढि घरमा क्षति
बुधबार, साउन २५, २०७९
चरिकोट - अविरल वर्षासँगै दोलखाको मेलुङ गाउँपालिकामा आएको बाढी पहिरोले एक दर्जन बढी घरमा क्षति पुगेको छ । मंगलवार राती आएको बाढीले मेलुङ गाउँपालिका ७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुगेको हो । बाढी आएपछि स्थानीयले घर छाडेर सुरक्षित स्थान गई ज्यान जोगाएका छन् ।

तामाकोसी आयोजनाको बाँधमा बोटिङ गर्ने क्रममा एक युवक बेपत्ता
मंगलबार, साउन २४, २०७९
चरिकोट - माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा एक युवक डुवेका छन् । बोटिङ गरेर तर्ने क्रममा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत बेपत्ता भएका हुन् । प्रहरीका अभनुसार बेपत्ता युवक लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत थिए ।

थामी कलासंस्कृति जोगाउन काठमाण्डौंमा ‘यापति सोनारी सांगीतिक साँझ’
मंगलबार, साउन २४, २०७९
काठमाण्डौं - थामी समुदायका कलाकारहरुले राजधानी काठमाण्डौंमा सांगितिक साँझको आयोजना गर्दैछन् । थामी समुदायको लोकसंस्कृति उजागर र प्रवद्र्धन गर्ने उदेश्यले काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो । २८ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर साउन २४ गते मंगलवार दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा कार्यक्रम हुनेछ ।

विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित सिन्धुपाल्चोकका १ जना पक्राउ
शुक्रबार, साउन २०, २०७९
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका ८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।
1659605967.jpg)
मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने
बिहीबार, साउन १९, २०७९
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

प्रदेश र संघको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा
बिहीबार, साउन १९, २०७९
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो।