Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचनको मिति सारे दुर्घट्ना : प्रमुख आयुक्त थपलिया
निर्वाचनको मिति सारे दुर्घट्ना : प्रमुख आयुक्त थपलिया प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामि बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए ।
जडिबुटीको अबैध कारोवार गरेको अभियोगमा गौरीशंकर र विगुका ३ जना पक्राउ
जडिबुटीको अबैध कारोवार गरेको अभियोगमा गौरीशंकर र विगुका ३ जना पक्राउ चरिकोट – दोलखाको उत्तरी क्षेत्रबाट दुर्लभ जडिबुटी सुनाखरीको अबैध कारोवार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुका २७ वर्षिय दिपेन्द्र खड्का, सोही गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षिय नारायण बहादुर कार्की र विगु गाउँपालिका वडा नम्बर ५ का ५६...
कालिञ्चोक युवा मञ्चका युवाहरु समाजसेवामा सक्रिय हुँदै
कालिञ्चोक युवा मञ्चका युवाहरु समाजसेवामा सक्रिय हुँदै चरिकोट ( दोलखाको कालिञ्चोक गाउँपालिका ५ र ६  नम्बर वडाका युवाहरु सामाजिक कार्यमा सक्रिय भएका छन् । विकास निर्माणदेखि सामाजिक कार्यमा सहयोग पुर्याउने उदेश्यले युवाहरुको समुह सक्रिय भएको हो । कालिञ्चोक युवा मञ्च नामक प्लाटफर्ममार्फत उनीहरुले सामाजिक गतिविधिहरु संचालन गरिरहेका छन् ।
घरायसी विवादमा महिलाद्धारा श्रीमानको हत्या 
घरायसी विवादमा महिलाद्धारा श्रीमानको हत्या  धनगढी –  कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी  वेदप्रकाश जोशीले बताए ।
शिवाकोटी उद्योग व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
शिवाकोटी उद्योग व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित काठमाडौं - नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । काठमाण्डौंमा बिहिवार सम्पन्न महासंघको दोस्रो महाधिवेशनले सांसद एलपी साँवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा १५ पदाधिकारीसहित २९९ सदस्य रहेका छन् । 
यस्तो देखियो गौरीशंकरमा एमालेको कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम (फोटोफिचर)
यस्तो देखियो गौरीशंकरमा एमालेको कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम (फोटोफिचर) गौरीशंकर-नेकपा एमालेले जिल्लाको गौरीशंकर गाउँपालिकाबाट पार्टी प्रवेशको अभियान सुरु गरेको छ । पार्टीको घोषित अभियान अन्तर्गत एमाले दोलखाले माओवादी केन्द्रका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको हो ।
तामाकोसी नदीमा पानीको बहावमा उत्तरचढाव आउनसक्ने, सतर्क रहन आग्रह
तामाकोसी नदीमा पानीको बहावमा उत्तरचढाव आउनसक्ने, सतर्क रहन आग्रह चरिकोट - माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले नदीमा पानीको बहावमा उत्तरचढाव आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।  नदीमा पानीको बहावमा उत्तरचढाव आउने भएपछि तामाकोशी जलविद्युत आयोजनाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
काठमाण्डौंबाट हराएका मोटरसाईकल दोलखामा धमाधम बरामद हुँदै
काठमाण्डौंबाट हराएका मोटरसाईकल दोलखामा धमाधम बरामद हुँदै चरिकोट–काठमाण्डौंबाट हराएका मोटरसाईकलहरु धमाधम दोलखामा फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले बरामद गरेको १० वटा मोटरसाईकल मध्ये ३ वटा काठमाण्डौंबाट हराएको पत्ता लागेको छ । 
एमसीसी र पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा दोलखामा बिप्लव नेकपाको प्रदर्शन
एमसीसी र पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा दोलखामा बिप्लव नेकपाको प्रदर्शन सिंगटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिङटी बजारमा एमसीसी बिरुद्ध प्रदर्शन गरेको छ । एमसीसी खारेजी र पेट्रोलियम पदर्थको चर्को मुल्य वृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको हो ।
एमालेको स्थानीय संगठन कमिटि नागरिकको उद्धार र राहातमा सक्रिय
एमालेको स्थानीय संगठन कमिटि नागरिकको उद्धार र राहातमा सक्रिय चरिकोट । नेकपा एमाले शैलुङ गाउँपालिका ८ नम्बर वडा कमिटिको पहलमा बृद्धबृद्धा, एकल महिला तथा अपांगहरुलाई राहात सहयोग गरिएको छ । काठमाण्डौं वडा सम्पर्क मञ्च र विभिन्न समाजसेवीबाट आर्थिक सहयोग जुटाएर वडा कमिटिले न्यानो ज्याकेट, खाद्यन्न वितरणका साथै लकडाउनको समयमा काठमाण्डौंबाट नागरिकको उद्धार गरेको हो ।
ग्रीसमा भएको दुर्घट्नामा दोलखाका एक सहित चार जना नेपालीको मृत्यु
ग्रीसमा भएको दुर्घट्नामा दोलखाका एक सहित चार जना नेपालीको मृत्यु काठमाण्डौं - मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीहरुको सनाखत भएको छ । उनीहरु गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेका हुन् ।
उधौली (भुमेपूजा), योमरी पुन्ही र धान्यपूर्णिमा हर्षोल्लासपुर्वक मनाईंदै
उधौली (भुमेपूजा), योमरी पुन्ही र धान्यपूर्णिमा हर्षोल्लासपुर्वक मनाईंदै काठमाडौं - किरात समुदायले आज उधौली पर्व (भुमेपूजा) हर्षोल्लासपुर्वक मनाउँदैछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही...
Weather Update