एक महिनाअघि ईराक पुगेका दोलखालीको बाढीले बगाएर मृत्यु
शनिबार, पुस ३, २०७८

चरिकोटमा तीनदिने आधारभूत पत्रकारिता तालिम
आइतबार, मंसिर २६, २०७८
चरिकोट – दोलखा सदरमुकाम चरिकोटमा आईतवारदेखि तीन दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले तालिमको आयोजना गरेको हो । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता छ ।

सुनखानी-साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान, फागुनदेखि काम सुरु हुने
बुधबार, मंसिर २२, २०७८
चरिकोट – दोलखाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान भएको छ । सिन्धुपाल्चोक स्थित भौतिक पुर्वाधार विकास कार्यालयलले सडकको डिजिटल सर्वेक्षणपछि बुधवार वहुवर्षीय ठेक्का लगाउनेगरी वोलपत्र आव्हान गरेको हो ।

मुडे-चरिकोट सडकको ठेक्का तोड्ने तयारी
सोमबार, मंसिर २०, २०७८
काठमाडौं - सरकारले मुडे चरिकोट सडकको ठेक्का तोड्ने तयारी गरेको छ । उक्त सडक विस्तार तथा कालोपत्रेको लागि ठेकेदार कम्पनिसँग भएको सम्झौता तोड्दै उसलाई कालोसूचीमा राख्ने तयारी भएको हो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने जानकारी दिए ।

नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टी
सोमबार, मंसिर २०, २०७८
काठमाडौँ - नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका हुन् । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

श्रीमती हत्या अभियोगमा रामेछाप मन्थलीका पुरुष पक्राउ
सोमबार, मंसिर २०, २०७८
मन्थली - श्रीमतीको हत्या गरेको आरोपमा रामेछापका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।

दोलखाका युवक गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा पक्राउ
सोमबार, मंसिर २०, २०७८
काठमाण्डौं - गुण्डागर्दी गर्दै रकम असुल गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी अपराध महाशाखाबाट खटि गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई काठमाण्डौंका मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरु काठमाण्डौको पानीपोखरी स्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई धम्की दिई रकम असुलेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको...

सहकारी सुरक्षा गार्ड हत्या प्रकरण : एक महिनापछि दुई युवक पक्राउ
बिहीबार, मंसिर १६, २०७८
काठमाडौं - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ स्थित हिमचुली सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई राजधानी काठमाण्डौंबाट पक्राउ गरेको हो ।

आयोगले भन्यो : दलका सदस्य बनेका शिक्षक/कर्मचारीलाई हटाउनु
मंगलबार, मंसिर ७, २०७८
काठमाडौँ - निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । आयोगले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्यको जिम्मेवारी लिईरहेको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दलको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन समेत मातहतका निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।

सिन्धुपाल्चोकमा आगलागीमा परी तीन वालकको मृत्यु
मंगलबार, मंसिर ७, २०७८
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका ७ सुर्सिङ गाउँको झाक्रिटोल स्थित सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

दोलखामा कोरोना रोकथाम तथा नियन्त्रणमा साँढे चार करोड खर्च
सोमबार, मंसिर ६, २०७८
चरिकोट - दोलखाका स्थानीय तहहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणम हालसम्म गरेको खर्चको बिवरण सार्वजानिक भएको छ । जिल्ला स्थित एक संस्थाले संकलन गरेको बिवरण अनुसार एक वर्षको अवधिमा जिल्लाका ९ वटा स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा साँढे चार करोड भन्दा बढी खर्च गरेका छन् ।

दोलखाका प्रत्येक स्थानीय तहमा जिल्ला समन्वय समितिको अनुगमन
बुधबार, मंसिर १, २०७८
चरिकोट – दोलखाका प्रत्येक स्थानीय तहमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा भएका प्रगतिबारे जिल्ला समन्वय समितिले स्थलगत अनुगमन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकमा विकास निर्माणका योजना लगायत अन्य गतिविधिहरुमा भएका प्रगतिबारे जिससले अनुगमन गरेको हो ।