गौरीशंकर गाउँपालिकाको मतगणना सुरु हुँदै

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा सम्पन्न उपनिर्वाचनको मतगणना सुरु हुँदैछ । सर्बदलिय बैठकपछि अहिले विहान मतगणना सुरु गर्न लागिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकर–५ सुरीमा मत पेटिका संकलन गरिएको छ । मतगणनाका लागि बेदिङको मतपेटिका हेलिकोप्टरबाट ल्याईदैछ ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि आईतवार मतदान भएको थियो । जसमा ७ हजार ५ सय ९० अर्थात ४८.२९ प्रतिशत मत खसेको थियो । यो गाउँपालिकामा १५ हजार ७ सय १८ मतदाता थिए । राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०८:००
प्रतिक्रिया दिनुहोस्