Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपराष्ट्रपति डेल्सीले सम्हालिन भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पाएकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।

यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । 

१८ मे १९६९ मा काराकसमा जन्मेकी डेल्सी रोड्रिगेज वामपन्थी पृष्ठभुमिकी हुन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । कानूनमा स्नातक गरेकी डेल्सी अधिवक्ता समेत हुन् ।

उनी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update