Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
साउदीसँग श्रम सम्झौता गर्ने तयारी

काठमाडौं । सरकारले साउदी अरबसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मध्येमा पर्दछ ।

जनवरी अन्तिम सातासम्म नेपाल–साउदीबीच दुई पक्षीय श्रम सम्झौता गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी छ । मन्त्रालयका अधिकारीहरुका अनुसार साउदीमा हुने ुलेबर एक्स्पोु का अवसरमा सम्झौतामा समेत हस्ताक्षर हुन लागेको हो । 

मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा तथा रोजगार आप्रवासन नीति शाखाका उपसचिव प्रवीण कोइरालाले एक्स्पो आगामी जनवरी २७ र २७ मा हुने र सोही अवसरमा सम्झौता पत्रमा हस्ताक्षर हुने जानकारी दिए ।  

नेपालले साउदीसँग २०१० अगाडिदेखि नै श्रम सम्झौताका लागि प्रस्ताव गर्दै आएको थियो । 
शून्य लागतमा (श्रमिक भर्ना प्रक्रियाको शुल्क रोजगारदाताले बेहोर्ने गरी) श्रमिक लैजाने सम्झौता गर्ने नेपालको प्रस्ताव छ । 
यही वर्षको जेठमा स्विट्जरल्यान्डको जेनेभामा भएको तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफल क्रममा घरेलु बाहेकका क्षेत्रका श्रमिकका सम्बन्धमा सम्झौता गर्ने सहमति भएको थियो। 

रोजगारीका लागि साउदीमा निर्माण, सुरक्षा गार्ड, सरसफाइ, लगायत क्षेत्रमा बिना सम्झौता वर्षौंदेखि नेपाली श्रमिकहरू जाँदै आएका छन् । 

सम्झौतापछि नेपाली श्रमिकहरुले विगतका धेरै समस्याबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । श्रमिकको हकहित, मानव तथा श्रमिक अधिकारको विषय संरक्षण हुने गरी सम्झौता हुने मन्त्रालयको दाबी छ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update