Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निवेदन

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नेपाल दर्ताका लागि निवेदन परेको छ । राप्रसाद सेती (किरण विक) अध्यक्षमा उक्त दल दर्ताका लागि निवेदन दिईएको हो । उक्त दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ ।

पार्टीको संघीय कार्यालय अनामनगर बताइएको उक्त पार्टीको प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको बताईएको छ ।अध्यक्ष हिराप्रसाद सेती, उपाध्यक्षमा मुना विक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ छन् ।

पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवादलाई अंगीकार गर्ने भनिएको छ । युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

दलको विधानमा कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने भनिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update