काठमाडौं । नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । टिभी रियालिटी शो नेपाल आइडलको आइतबार सम्पन्न ग्राण्ड फिनालेमा प्रतिस्पर्धीलाई उछिन्दै उपाधि उचालिन् ।
विजेता सोनामलाई संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी हस्तान्तरण गरे । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् ।
बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।
दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानमा चित्त बुझाईन्। यी दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। ।
न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । आसिफ शाहले होस्ट गरेका थिए ।
यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।