Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
साँढे ६ लाख नाघ्यो एमालेको संगठित सदस्य

काठमाडौं । नेकपा एमालेमा नवीकरण भएका संगठित सदस्य संख्या साँढे ६ लाख नाघेको छ । एमालेको नवीकरण भएका संगठित सदस्यहरूको संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको हो । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या १०औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

एमालेभित्र ६४ हजार ७ सय ६ कमिटी रहेको महासचिव पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा जनाईएको छ । उक्त प्रतिवेदन अनुसार कतिपय जन संगठनहरूको संख्या यकिन तथ्यांक अध्यावधिक भएको छैन । ती संगठनमा करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको एमालेको अनुमान छ । 

एमाले नेताहरुका अनुसार डेढ लाख सदस्यहरू संगठित हुन बाँकी छन् । कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् ।

प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update