बिदाको दिन सरकारी अस्पतालमा ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मंगलबार, भदौ १८, २०८१
चरिकोट स्थित अस्पतालको जनरल बेड अब निशुल्क
बिहीबार, साउन ३२, २०८०
चरिकोट । दोलखा सदरमुकाम चरिकोट स्थित पशुपति स्मृति प्रादेशिक अस्पतालको सामान्य शैया (जनरल बेड) निशुल्क हुने भएको छ । यो अस्पतालसहित वाग्मती प्रदेश सरकारमातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गते अर्थात शुक्रबारदेखि जनरल बेड निःशुल्क हुने भएको हो ।
कोरोना संक्रमण बढ्दै, खोप लगाउन मन्त्रालयको आग्रह
आइतबार, चैत २६, २०७९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
दोलखाको पशुपति स्मृति अस्पतालसहित ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
बुधबार, माघ २५, २०७९
हेटौंडा । दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालसहित बागमती प्रदेशका ७ वटा प्रादेशिक अस्पतालहरुले एम्वुलेन्स पाएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
यस्तो छ, रुघाखोकीको आयुर्वेदिक उपचार !
बुधबार, मंसिर १४, २०७९
काठमाण्डौं । यतिबेला धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर(आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ ।
विज्ञहरुको चेतावनी : ‘डेंगुले प्रकोपको रूप लिनसक्छ’
बुधबार, भदौ २९, २०७९
काठमाडौँ - स्वास्थ्य विज्ञहरूले तीन वर्षअघिको डेंगुको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।
डेंगु संक्रमण दर तीब्र, काठमाण्डौं बाहिरपनि फैलिँदै
बिहीबार, भदौ ९, २०७९
काठमाडौँ - राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न भागमा डेंगु संक्रमण बढेको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२२ जनवरीमा १२, फेब्रुअरीमा ३, मार्चमा १५, अप्रिलमा १९, मेमा २५, जुनमा ९६, जुलाईमा ४ सय ९९ र अगस्टमा ४ सय ५७ वटा डेंगुका केस फेला परेका छन् ।
वालवालिकालाई आजदेखि फाईजर खोप : दोलखामा २२ हजार बढी वालवालिकालाई खोप लगाईंदै
आइतबार, भदौ ५, २०७९
चरिकोट - मुलुकका बिभिन्न ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको...
दोलखाको चिलंखामा बन्ने अस्पतालको शिलान्यास, जर्मन नागरिकहरुको सहयोग
मंगलबार, कात्तिक १६, २०७८
चिलंखा – दोलखाको विगु गाउँपालिका–५, चिलंखामा अस्पताल निर्माण हुने भएको छ । जर्मन नागरिकहरुको सहयोगमा चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीले अस्पताल भवन निर्माणका लागि सहयोग जुटाएको छ ।
कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा
बिहीबार, भदौ १७, २०७८
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्ना प्रत्येक नागरिकको निशुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक सार्वजानिक सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोवास गर्ने सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ ।
नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप भित्रियो
शुक्रबार, साउन १५, २०७८
काठमाण्डौं - नेपालमा कोरोना भाइरस विरूद्धको झण्डै एक करोड खोप भित्रिएको छ । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप शुक्रवार आईपुगेसँगै नेपाल आईपुगेको खोपको परिमाण ९७ लाख ८२ हजार डोज पुगेको हो । चीनबाट पाँचौ पटक वाइडवडी जहाजमार्फत बेइजिङबाट थप खोप काठमाण्डौं आईपुगेको हो ।
चीन सरकारले जिरी नगरपालिकालाई उपलव्ध गरायो ठुलो मात्रामा स्वास्थ्य सामाग्री
शुक्रबार, साउन १५, २०७८
चरिकोट – चीन सरकारले दोलखाको जिरी अस्पतालका लागि ७८ लाख बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको छङदु नगरपालिकाले अक्सिजन कन्सन्टेटर, पीपीई सेट, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स, तथा सेनिटाईजर गरी ७८ लाख भन्दा बढि मुल्यको स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।