Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एक बर्षमा भित्रिए १० लाख पर्यटक 

काठमाडौं । सन २०२५ मा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

दश लाख पर्यटक भित्रिँदा नेपालबाट १५ लाख बढी नेपाली विदेशिएका छन् । नेपालीहरू अध्ययन र रोजगारका लागि विदेशिने गर्छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update