विदेश भागेको भनिएका पुर्वमन्त्री खड्का जलाईएको निवासमा सार्वजनिक
काठमाडौं । विदेश भागेको भनिएका पुर्वमन्त्री दिपक खड्का जेनजी आन्दोलनका क्रममा जलाईएको निवासमा सार्वजनिक भएका छन् । सम्पति शुद्धिकरण अनुसन्धान सुरु भएपछि उनलाई विदेश भागेको बताईएको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले समेत उनलाई विदेश भागेको बताएका थिए । सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको उनको दाबी थियो ।
एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
आफ्नो निवासमा सार्वजनिक भएका खड्काले मिडियामा आएका समाचारबारे असन्तुष्टि जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ ०९:३६
प्रतिक्रिया दिनुहोस्