
युवा संघ दोलखाले गर्यो जिम्मेवारी बाँडफाँड, ३१ सदस्यीय सचिवालय गठन
शनिबार, भदौ ११, २०७९
चरिकोट - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ दोलखाले जिम्मेवारी बाँडफाँड गरेको छ । सदमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा आज बसेको बैठकले जिल्ला संयोजक, प्रवक्ता सहित ९ वटै स्थानीय तहका ईन्चार्जहरुको जिम्मेवारी बाँडाफाँड गरेको हो ।

नागरिक र मिडियामाथि जासुसी गर्न वाग्मती सरकारको छुट्टै संयन्त्र
शनिबार, भदौ ११, २०७९
हेटौंडा - वाग्मती प्रदेश सरकारले वैयक्तिक गोपनीयता र प्रादेशिक अधिकार क्षेत्रविपरीत छुट्टै जासुसी संयन्त्र खडा गर्ने भएको छ । प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान ब्युरो’ गठन गर्न कानुन बनाएको हो । संविधानमा प्रदेश अनुसन्धान ब्युरो गठन गर्न सकिने व्यवस्था भएपनि संघीय कानुनसँग बाझिने गरी प्रदेशलाई ऐन बनाउन बन्देज गरिएको छ ।

भक्तपुरमा ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन, दोलखा र रामेछापका पाँच जना पक्राउ
शुक्रबार, भदौ १०, २०७९
काठमाण्डौं - दोलखा र रामेछापको केही व्यक्तिहरुले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्याउने गरेको पाईएको छ । ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरेको अभियोगमा प्रहरीले दुई जिल्लाका ५ जनालाई पक्राउ गरेको छ ।

अस्पतालबाट फरार रामेछापका एक जना कैदी पक्राउ
बिहीबार, भदौ ९, २०७९
काठमाडौैं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार रामेछाप घर भएका एकजना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप तिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी रहेका छन् । अस्पतालबाट फरार भएका उनलाई ललितपुर प्रहरीले लुभुबाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दाका फरार ओखलढुंगाका एक अभियुक्त पक्राउ
बुधबार, भदौ ८, २०७९
प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका १ घर भई हाल काठमाडौं ७ चाबहिल बस्ने ५२ वर्षीय शंकरप्रसाद लुईटेल रहेका छन ।

अपर तामाकोसीको ड्याममा बेपत्ता युवकको शव दुई हप्तापछि फेला
बुधबार, भदौ ८, २०७९
चरिकोट – दोलखाको लामागरस्थित माथिल्लो तामाकोसी आयोजनाको ड्याममा बेपत्ता एक युवक फेला परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का २८ वर्षिय रमेश बस्नेतको शव आज फेला परेको हो ।

प्रचण्डका घरबेटीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा
बुधबार, भदौ ८, २०७९
काठमाडौँ - शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । सरकारले उक्त कम्पनीलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।

पूर्वमन्त्री गुरुङद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन
मंगलबार, भदौ ७, २०७९
चरिकोट – पूर्वमन्त्री एवं दोलखाका संघीय सांसद पार्वत गुरुङसहितको टोलीले जिल्लाको दक्षिणी क्षेत्रमा बाढिपहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले मेलुङ र तामाकोसी गाउँपालिकाको सितली, मालुखोला र शहरेमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे स्थलगत अवलोकनसँगै पीडितहरुसँग भेटघाट गरेको हो ।

अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका दुई जना पक्राउ
मंगलबार, भदौ ७, २०७९
काठमाडौं - अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ छन् । उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरम अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश
मंगलबार, भदौ ७, २०७९
काठमाडौं - ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा पेश भएको छ । विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन् । यो विद्येयक ३१ असार २०७९ मा दर्ता भएपनि मंगलवार...

बैंकिङ कसुरको अभियोगमा रामेछापका एक पुरुष पक्राउ
मंगलबार, भदौ ७, २०७९
मन्थली - बैंकिङ कसुरको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ का कृष्णबहादुर खड्का पक्राउ परेका छन् । उनी बिरुद्ध दोलखाको मेलुङ गाउँपालिका घर भई हाल रामेछाप मन्थली १ बस्ने सुजुकी कार्कीले जाहेरी दिएका थिए ।