Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रेस काउन्सिलका अध्यक्ष भन्छन् : पत्रकारले लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन भैरहेको छ, 
प्रेस काउन्सिलका अध्यक्ष भन्छन् : पत्रकारले लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन भैरहेको छ,  चरिकोट – प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेतले पत्रकारले पत्रकारिताको लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन सुरु भएको बताएका छन् । पत्रकारले लाईसेन्स लिनु पर्ने या नपर्ने भन्ने विषयमा काउन्सिल आफैले बहस सुरु गरेको जानकारी दिँदै उनले यो अध्ययनको विषय भएको बताए ।
पहिरो पीडितले पाए ५० बण्डल जस्तापाता
पहिरो पीडितले पाए ५० बण्डल जस्तापाता चरिकोट – कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, लापिलाङकी रुपमाला पोत्रेलको घर रानीवनबाट झरेको पहिरोले तान्नै लागेको छ । घर पहिरोको उच्च जोखिममा परेपछि उनको परिवारले घर छाडेको निक्कै समय भैसक्यो । बिस्थापित भएर दुई महिनादेखि आफन्तकोमा शरण लिएर बसिरहेकी उनले अर्को घर बनाउन सक्ने अवस्था छैन । भूकम्पपछि बल्लतल्ल पुर्ननिर्माण...
कालिञ्चोक गाउँपालिकाको गाउँगाउँमा विकास शिविर
कालिञ्चोक गाउँपालिकाको गाउँगाउँमा विकास शिविर -वसन्त थामी बेगुम्पा - कालिन्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर विकास शिविर संचालन गर्ने अभियान जारी राखेको छ । चालु आर्थिक वर्षपनि गाउँपालिकाले विकास शिविर कार्यक्रमलाई निरन्तरता दिँदै गाउँगाउँमै पुगेर योजना सम्झौता गरिरहेको छ । जस अन्तर्गत सोमवार चौथो दिन गाउँपालिकाको वडा नम्बर १, मा विकास शिविर सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिकाका कर्मचारीको वयान : ‘कार्यालयमा तोडफोडको प्रयास र हामीमाथि पनि दुर्व्यवहार भयो’
मेलुङ गाउँपालिकाका कर्मचारीको वयान : ‘कार्यालयमा तोडफोडको प्रयास र हामीमाथि पनि दुर्व्यवहार भयो’ चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाकाको कार्यालयमा तोडफोडको प्रयास हुनुका साथै कर्मचारीमाथि समेत दुर्व्यर्यवहार भएको पाईएको छ । यही भदौ ११ गते गाउँपालिकाको कार्यालय प्रवेश गरेको समुहले अध्यक्ष नरबहादुर श्रेष्ठसँगै कर्मचारीलाई दुर्व्यवहार र कार्यालयमा तोडफोडको प्रयास गरेको थियो । 
पहिरोले सिंगटीको खोलिखिम बजार क्षेत्र जोखिममा, ६ घरपरिवार विस्थापित (तस्वीरहरु)
पहिरोले सिंगटीको खोलिखिम बजार क्षेत्र जोखिममा, ६ घरपरिवार विस्थापित (तस्वीरहरु) सिंगटी – दोलखाको उत्तरी सिंगटी बजारका आधा दर्जन घरपरिवार विस्थापित भएका छन् । गएराती भारी वर्षासँगै आएको भलबाढीका कारण ती परिवार विस्थापित भएका हुन् । विगु गाउँपालिका वडा नम्बर ४ स्थित सिंगटी बजारको खोलेखिम क्षेत्रमा ढुंगा, माटोसहितको भलबाढी आएपछि ६ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ । विस्थापित हुनेमा...
स्रोत नखुलेको ३० लाख नगदसहित रामेछाप र काभ्रेका दुई जना पक्राउ
स्रोत नखुलेको ३० लाख नगदसहित रामेछाप र काभ्रेका दुई जना पक्राउ काठमाडौं - स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले रामेछाप र काभ्रेका दुई जनालार्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश...
जनप्रतिनिधिहरुको माग : ‘मेलुङ गाउँपालिका अध्यक्षलाई दुर्व्यहार गर्नेमाथि यथाशिघ्र कारबाही होस्’
जनप्रतिनिधिहरुको माग : ‘मेलुङ गाउँपालिका अध्यक्षलाई दुर्व्यहार गर्नेमाथि यथाशिघ्र कारबाही होस्’ चरिकोट – दोलखाखाका जनप्रतिनिधिहरुले मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दुव्र्यवहार गर्ने दोषीमाथि कारबाहीको माग गर्दै सामुहिक विज्ञप्ती जारी गरेका छन् । नियोजित रुपमा घट्ना घटाईएको भन्दै उनीहरुले अपराधमा संलग्न अपराधीमाथि यथाशिघ्र कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’ चरिकोट - दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भएको दुव्र्यवहार नियोजित र षड्यन्त्रमुलक भएको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, वाग्मती प्रदेश, जिल्ला समन्वय समिति दोलखा लगायतका निकायले विज्ञप्तीमार्फत घट्नाको बिरोध जनाउँदै छानविन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली - अविरल वर्षासँगै गएको पहिरोले रामेछापको मन्थली स्थित तिलगंगा आँखा केन्द्र मार्फत सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्र पुरेको छ । पहिरोले भवन पुरेपछि आँखा परीक्षण तथा उपचार सेवा प्रभावित भएको छ । केन्द्रका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार केन्द्रका सबै सामाग्री सुरक्षित स्थानमा सारिएको छ । 
जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो
जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो काठमाण्डौं - जापानले सहयोग गरेको दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आईपुगेको छ । जापान सरकारले सहयोग गरेको उक्त खोप कोभ्याक्समार्फत् शनिबार बिहान नेपाल आइपुगेको हो ।
Weather Update