Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशको दोलखासहित ८ जिल्लामा वृहत अक्सिजन प्लान्ट जडानको तयारी
वाग्मती प्रदेशको दोलखासहित ८ जिल्लामा वृहत अक्सिजन प्लान्ट जडानको तयारी चरिकोट - वाग्मती प्रदेशका दोलखासहित ८ जिल्ला स्थित अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढेको छ । जसका लागि बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
लकडाउन खुकुलिएसँगै दोलखामा कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्टको समेत जोखिम 
लकडाउन खुकुलिएसँगै दोलखामा कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्टको समेत जोखिम  चरिकोट – जिल्ला स्वास्थ्य कार्यालय दोलखाले डेल्टा भेरियन्टसहितका कोरोनाको नयाँ भेरियन्टहरु फैलिनसक्ने भन्दै नागरिकहरुलाई सचेत गराएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एक सार्जजानिक अपील जारी गर्दै नयाँ भेरियन्टबाट जोगिन आग्रह गरेको हो ।
भारतीय सुरक्षा बलले तुईन निकालिदिएपछि नेपाली युवक नदिमा खसेर बेपत्ता
भारतीय सुरक्षा बलले तुईन निकालिदिएपछि नेपाली युवक नदिमा खसेर बेपत्ता काठमाण्डौं - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिएपछि एक नेपाली नागरिक नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय जयसिंह धामी रहेका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनी महाकाली नदीमा खसेका हुन् ।
दोलखामा कोरोना संक्रमण दर साउन यताकै उच्च, एकैदिन ५१ जना संक्रमित
दोलखामा कोरोना संक्रमण दर साउन यताकै उच्च, एकैदिन ५१ जना संक्रमित चरिकोट – दोलखामा फेरी कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै गएको छ । शुक्रवार एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ७२ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र स्थानीय तहमा १५ जनामा एन्टिजिन परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा काठमाडौँ - नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै टुंग्याउन सकेको छैन । छानविन समितिले विवाद समाधान गर्न नसकेपछि शिर्ष नेताहरुलाई त्यसको जिम्मा दिईएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले पाँच दिनभित्र विवाद टुंग्याउन निर्देशन दिएको छ ।
दोलखामा ३३८ जनामा कोरोनाको सक्रिय संक्रमण
दोलखामा ३३८ जनामा कोरोनाको सक्रिय संक्रमण चरिकोट – दोलखामा कोरोना संक्रमितको संख्या ३३८ पुगेको छ । बिहिवार आज १५ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३३८ पुगेको हो । बिभिन्न स्थानीय तहमा ३९ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा एक वर्षमा १८ जनामाथि बलात्कार, ८ जनामाथि बलात्कार प्रयास
दोलखामा एक वर्षमा १८ जनामाथि बलात्कार, ८ जनामाथि बलात्कार प्रयास चरिकोट – दोलखामा पछिल्लो आर्थिक वर्षमा १८ वटा बलात्कारका घट्ना भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्बजानिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७ ७८ मा १८ महिलाहरुमाथि जबरजस्ती करणी भएको हो । अघिल्लो आर्थिक वर्ष २१ वटा सोही प्रकृतिका घट्ना भएका थिए ।
कालिञ्चोक गाउँपालिका–५, मा बाढीपहिरोले मच्चाएको बितण्डा (तस्बिरहरु)
कालिञ्चोक गाउँपालिका–५, मा बाढीपहिरोले मच्चाएको बितण्डा (तस्बिरहरु) चरिकोट – लगातारको वर्षापछि आएको बाढी पहिरोले दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ मा ठुलो क्षति पुगेको छ । दुई वर्ष अघि लापिलाङको रानीवन क्षेत्रबाट सुरु भएको बाढी र पहिरोले ठुलो रुप लिँदै गुमुखोलासम्मको क्षेत्रमा क्षति पुर्याएको हो ।
इजरायलमा एक हजार नेपालीलाई जागिरको अबसर, मासिक २ लाख तलब
इजरायलमा एक हजार नेपालीलाई जागिरको अबसर, मासिक २ लाख तलब काठमाडौं  - सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने भएको छ । त्यसका लागि सोमवार विज्ञापन प्रकाशित भएको छ । यसअघि सरकारसँग भएको सम्झौता बमोजिम वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको हो ।
भीमेश्वर नगरपालिका ५ मा सुमो दुर्घट्ना, ७ जना घाईते
भीमेश्वर नगरपालिका ५ मा सुमो दुर्घट्ना, ७ जना घाईते चरिकोट – दोलखा भीमेश्वर नगरपालिका ५ मा सुमो दुर्घट्ना हुँदा आधा दर्जन बढि घाईते भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ जरेपानीमा टाटासुमो दुर्घट्ना भएको हो ।
कोरोनाको अर्को खतरनाक भेरिएन्ट, विश्वभर फैलिने चिन्ता
कोरोनाको अर्को खतरनाक भेरिएन्ट, विश्वभर फैलिने चिन्ता काठमाण्डौं - कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ फेला परेको छ । वैज्ञानिकहरुका अनुसार पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको हो । यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ । 
काठमाण्डौंबाट मध्यम तथा लामो दुरीका सार्बजनिक यातायात संचालन गर्ने निर्णय
काठमाण्डौंबाट मध्यम तथा लामो दुरीका सार्बजनिक यातायात संचालन गर्ने निर्णय काठमाडौं - शनिवारदेखि काठमाण्डौंबाट मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले शनिबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयबारे सार्बजनिक सूचना जारी गर्दै प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
Weather Update