सिधा हवाई उडान गर्न रुससँग प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सिधा हवाई उडानको प्रस्ताव गरेका छन् ।
तियान्जिनको होटल रिट्ज कार्ल्टनमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रस्ताव राखे । प्रधानमन्त्री ओलीले रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति बढाउन पनि आग्रह गरेका छन् ।
दुई जनाबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो । शाङ्घाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबार चीन गएका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ ०८:०१
प्रतिक्रिया दिनुहोस्