Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको लाकुरीडाँडामा एक पुरुषको हत्या, कान्छि श्रीमतीसहित दुई जना पक्राउ
दोलखाको लाकुरीडाँडामा एक पुरुषको हत्या, कान्छि श्रीमतीसहित दुई जना पक्राउ चरिकोट – दोलखा भीमेश्वर नगरपालिकामा एक पुरुषको हत्या भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाको सुर्केका ६८ वर्षिय पदम बहादुर तामाङको कर्तव्य गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
चरिकोट स्थित आवाज नेपालको संरक्षणमा रहेकी किशोरी सम्पर्कविहिन
चरिकोट स्थित आवाज नेपालको संरक्षणमा रहेकी किशोरी सम्पर्कविहिन चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित आवाज नेपालको संरक्षण र रेखदेखमा रहेकी एक किशोरी सम्पर्कविहिन भएकी छिन् । शैलुङ गाउँपालिका वडा नम्बर ३, मागापौवा घर भई हाल आवाज नेपालको संरक्षणमा रहेकी १७ वर्षिय निर्मला भन्ने फुलमाया तामाङ बेपत्ता भएकी हुन् ।
४ करोड ऋण दिएर ८ करोड असुली, दोलखा पवटीका पुरुष पक्राउ
४ करोड ऋण दिएर ८ करोड असुली, दोलखा पवटीका पुरुष पक्राउ काठमाडौँ - ऋणीबाट दोब्बर व्याज असुली गर्ने दोलखा मेलुङ गाउँपालिका–१ पवटीका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलुङ–१, पवटी घर भई हाल काठमाण्डौंको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती रहेका छन् ।
नेपाली कामदार ईजरायल पठाईदै, आवेदन लिने तयारी
नेपाली कामदार ईजरायल पठाईदै, आवेदन लिने तयारी काठमाडौं - वैदेशिक रोजगार विभागले साउन महिनादेखि नेपाली कामदार ईजरायल पठाउने तयारी गरेको छ । त्यसका लागि साउन दोस्रो हप्तासम्ममा दरखस्त आह्वान गर्ने तयारी छ । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्र भट्टराईले नेपाली कामदारलाई इजरायल पठाउनका लागि साउनको पहिलो वा दोस्रो साता विज्ञापन गर्ने तयारी भैरहेको जानकारी दिए ।
नेपाली कामदारलाई दक्षिण कोरिया जाने बाटो खुल्यो
नेपाली कामदारलाई दक्षिण कोरिया जाने बाटो खुल्यो काठमाडौँ - नेपालमा कोरोना महामारी सुरु भएसँगै दक्षिण कोरियाले रोकेको नेपाली कामदार लैजाने प्रक्रिया पुन सुचारु भएको छ । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजादै आएको छ । महामारीपछि उसले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त...
चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु
चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु चरिकोट – दोलखामा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएकी ७२ वर्षिया बृद्धा रहेकी छिन् ।
युवा संघ र अनेरास्ववियुद्धारा दोलखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन (तस्बिहरु)
युवा संघ र अनेरास्ववियुद्धारा दोलखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन (तस्बिहरु) चरिकोट – नेकपा एमालेको भातृ संगठनहरुले दोलखामा प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जवराको पुत्ला दहन गरेका छन् । सदरमुकाम चरिकोटमा एमालेको भातृ संगठनहरु युवा संघ र अनेरास्ववियुले चर्को नाराबाजी सहित प्रधानन्यायधिस राणाको पुत्ला दहन गरेका हुन् ।
रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या
रामेछाप घर भएका सैनिक जवानले आफैलाई गोली प्रहार गरी गरे आत्माहत्या मन्थली - रामेछाप घर भएका नेपाली सेनाका एक जवानले आत्माहत्या गरेका छन् । रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङले आफैंलाई गोली हानेर आत्माहत्या गरेका हुन् । उनले महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेका थिए ।
सिंगटी–लामोसाँघु विद्युत प्रसारण लाइन परीक्षण गरिँदै, सतर्कता अपनाउन आग्रह
सिंगटी–लामोसाँघु विद्युत प्रसारण लाइन परीक्षण गरिँदै, सतर्कता अपनाउन आग्रह काठमाण्डौ – सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु भएको छ ।  विद्युत प्राधिकरण अन्तर्गत संचालित उक्त प्रसारण लाईन निर्माण कार्य अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु गरिएको हो । प्राधिकरणले सार्वजानिक सूचना जारी गर्दै कुनैपनि बेला प्रसारण लाईनमा विद्यूत प्रवाह हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप काठमाडौँ - अमेरिकी सरकारले नेपालका लागि १५ लाख डोज खोप उपलव्ध गराउने भएको छ । उक्त खोप सोमबार नेपाल आईपुग्ने छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।
भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन
भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन चरिकोट - भीमेश्वर नगरपालिकाले नगरस्तरिय संस्कृति प्रतिष्ठान गठन गरेको छ । नगरपालिका स्तरिय भेलाले शुक्रवार शङ्करलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय भीमेश्वर संस्कृति प्रतिष्ठान गठन गरेको हो ।
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी काठमाण्डौं - गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि संचालनमा ल्याउने तयारी गरिएको छ । अधिकारीहरुका अनुसार साउन महिनाको दोस्रो सातासम्म रेल सञ्चालनमा आउनेछ ।
Weather Update