चीनसँग नाका जोड्ने लामाबगर सुरुङमार्ग निर्माण कार्य अघि बढ्दै
बिहीबार, फागुन २७, २०७७

दोलखाको बैतेश्वरमा बोलेरोले किच्दा एकजना पुरुषको मृत्यु
सोमबार, फागुन २४, २०७७
चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकामा वोलेरो दुर्घट्ना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ का ४० वर्षिय वद्रि थामी रहेका छन् ।

नेपाल बैंकमा खुल्यो झण्डै दुई सय जनालाई जागिरको अवसर
शुक्रबार, फागुन २१, २०७७
काठमाण्डौं - नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जनाका लागि दरखास्त आव्हान गरेको छ । बैंकले शुक्रवार अनलाइन दरखास्त फारम भर्न मिल्नेगरी सूचना प्रकाशित गरेको हो । बैंकका अनुसार लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

विप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ नगर्न सरकारले दियो निर्देशन
बिहीबार, फागुन २०, २०७७
काठमाडौं - सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथि पक्राउ नगर्ने प्रहरीलाई निर्देशन दिएको छ । उक्त समुहसँग वार्ता सुरु भएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यस्तो छ, मंगल ग्रह (ताजा तस्विरहरु)
बिहीबार, फागुन २०, २०७७
एजेन्सी - रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा वैज्ञानिकहरुले अनुसन्धान कार्य जारी राखेका छन् । सात महिना लामो यात्रापछि अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले मंगलग्रहमा कुनै बेला जीवन थियो की भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ ।

भीमेश्वर नगरपालिकामा आनीहरुका लागि भवन निर्माण हुँदै
बिहीबार, माघ २२, २०७७
माघ २२, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित धुचे शुलिङ गुम्वाका आनीहरु अध्ययनका लागि सुविधासम्पन्न भवन बन्ने भएको छ । उक्त गुम्वाका २० जना आनीहरुलाई लामा पढाउन ८ कोठे पक्की भवन निर्माण हुने भएको हो । गत मंसिर महिनाबाट निर्माण सुरु गरिएको भवन निर्माण कार्य चालु आर्थिक...

थामी समुदायको मौलिक संस्कृति झल्किनेगरी हुलाक टिकट प्रकाशन हुने
बुधबार, माघ १४, २०७७
काठमाण्डौं - सरकारले अतिसिमान्तकृत थामी समुदायको मौलिक साँस्कृतिक पहिचान झल्किनेगरी हुलाक टिकट प्रकाशन गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले थामी जातीको मौलिकता झल्किने चित्र अंकित हुलाक टिकट प्रकाशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

पाँच सय नेपाली युवालाई ईजरायलमा विशिष्ट श्रम रोजगारीको अबसर
बिहीबार, माघ ८, २०७७
काठमाडौं - नेपालका पाँच सय युवाहरुलाई ईजरायलको विशिष्ट श्रम रोजगारीमा पठाईने भएको छ । जसका लागि नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुँदैछ ।

भारतले उपलब्ध गराएको खोप तत्काल जिल्ला पुर्याउने तयारी
बिहीबार, माघ ८, २०७७
काठमाडौँ — भारतले नेपाललाई उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने तयारी गरिएको छ । खोप लगाउने मिति तय भैनसकेपनि सरकारले खोप जिल्ला पुर्याउने योजना बनाएको हो ।

तामाकोसी नदिमा हाम्फालेकी वैतेश्वरकी महिलाको मृत्यु
शनिबार, पुस ४, २०७७
चरिकोट - दोलखाको तामाकोशी नदीमा हाम्फालेर एक जना महिलाले आत्महत्या गरेकी छिन् । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ डाँडाटोल निवासी राजन ढुंगेलकी अन्दाजी ४६/४७ श्रीमती कल्याणी ढुंगेलले नदीमा हाम्फालेर देह त्याग गरेकी हुन् ।