Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मुङचाखोलामा आएको बाढीले सुनखानी–साङवा सडक अबरुद्ध
तस्बिर : रमेश थामी

चरिकोट । अविरल वर्षासँगै खोलामा आएको बाढीले दोलखाको सुनखानी–साङवा सडक अबरुद्ध भएको छ । कालिञ्चोक गाउँपालिका–६, स्थित मुङ्चाखोलाको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको हो । उत्तरी क्षेत्रको मुख्य प्रवेशमार्ग सडक अबरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ ।

सडक अवरुद्ध हुँदा सदरमुकाम चरिकोट आउने र उत्तरी क्षेत्रतर्फ जाने सवारी आवागमन रोकिएको छन् । स्थानीयका अनुसार गयराती अविरल वर्षापछि आएको बाढीले खोलाको ढलान पुल बगाउनुका साथै दुई गोठमा क्षति पुगेको छ । पोल ढल्दा विद्युत आपुर्ति समेत अबरुद्ध भएको छ । 

sunkhani-sangba-sadak-1-1756781741.jpg

sunkhani-sangba-sadak-2-1756781739.jpg

sunkhani-sangba-sadak-3-1756781733.jpg

sunkhani-sangba-sadak-5-1756781726.jpg

sunkhani-sangba-sadak-4-1756781725.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update