अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजय नजिक
बिहीबार, कात्तिक २०, २०७७
चीन र भारतबीच दुईदेशीय सिमा क्षेत्रको तनाव कम गर्ने समझदारी
शुक्रबार, भदौ २६, २०७७
एजेन्सी - चीन र भारतबीच सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी तनाव कम गर्ने समझदारी बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा पाँच बुँदे सहमति भएको हो ।
स्वास्थ्यमा खराबी देखिएपछि जापानका प्रधानमन्त्रीको राजीनामा
शुक्रबार, भदौ १२, २०७७
टोक्यो — स्वास्थ्यका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री आबेले राजीनामा दिन लागेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध ईरानले जारी गर्यो पक्राउ पुर्जी
सोमबार, असार १५, २०७७
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ईरानले पक्राउ पुर्जी जारी गरेको छ । इरानले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोगका लागि आग्रह समेत गरेको समाचार संस्था एपीले जनाएको छ । गत जनवरीमा अमेरिकी आक्रमणमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएको थियो ।
हङ्कङ बिवाद : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
शनिबार, असार १३, २०७७
एजेन्सी - अमेरिकी विदेश मन्त्रालयले चिनियाँ नेताहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईएको बताएका हुन् । हङ्कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुको हकमा यस्तो निर्णय गरिएको उनले बताए । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका...
अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने
शुक्रबार, असार १२, २०७७
काठमाडौं - अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले गरेको अध्ययनमा यस्तो आशंका गरिएको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले कोरोना संक्रमणको एउटा रिपोर्टले अन्य १० जनामा संक्रमण फैलिरहेको आँकलन गरिएको बताए ।
अमेरिकामा प्रदर्शन चर्किएपछि सेना समेत परिचालन गर्ने राष्ट्रपति ट्रम्पको घोषणा
मंगलबार, जेठ २०, २०७७
पाकिस्तानमा लकडाउन खुल्दै
बिहीबार, वैशाख २५, २०७७
पाकिस्तानमा शनिवारदेखि लकडाउन खुल्ने भएको छ । त्यहाँको सरकारले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको हो । पाकिस्तानमा कोरोना संक्रमितको संख्या भने बढ्दो अवस्थामा छ । सरकारी अधिकारीहरुका अनुसार आर्थिक क्षतिको सामना गर्न नसकिने भएकाले लकडाउन खोल्ने निर्णय गरिएको हो ।



