शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा
सोमबार, भदौ ४, २०८०

काभ्रेमा श्रीमानद्धारा श्रीमतीको हत्या
आइतबार, भदौ ३, २०८०
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१२ मा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीको हत्या गरेका हुन् । उनले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

डेंगी संक्रमणबाट १० जनाको मृत्यु, १४ हजार संक्रमित
बिहीबार, साउन ३२, २०८०
काठमाडौँ । डेंगी संक्रमणका कारण देशभर १० जनाको मृत्यु भएको छ । ७५ वटा जिल्लामा फैलिसकेको डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ । संक्रमितको संख्या १४ हजार ३५७ पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

माओवादी मन्त्री हटाएर मन्त्रिपरिषद हेरफेरको तयारी
आइतबार, साउन २८, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । मन्त्रिपरिषद आजै हेरफेर हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

गौर घट्नाबारे सरकारले गरेको सहमति प्रति जसपाको आपत्ती
शुक्रबार, साउन २६, २०८०
काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ती जनाएको छ । उक्त सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको जसपाको ठहर छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस सांसदहरु भन्छन् : प्रतिशोध साँध्न सांसद शर्मालाई पक्राउ गरियो
शुक्रबार, साउन २६, २०८०
काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउप्रति सांसदहरुले आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका हुन् ।

कैदीबन्दीबीच कुटाकुट हुँदा संखुवासभामा दुई जनाको मृत्यु
बुधबार, साउन २४, २०८०
संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।

प्रधानाध्यापकको नियुक्तिको जिम्मा जिल्ला शिक्षालाई दिने तयारी
बुधबार, साउन २४, २०८०
काठमाडौं । सरकारले विद्यालयका प्रधानाध्यापक नियुक्तिको जिम्मा जिल्ला शिक्षा कार्यालयलाई दिने तयारी गरेको छ । संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । विद्येयकमा प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयले व्यवस्था गरेको छ ।

सर्वोच्चले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खोल्यो
आइतबार, साउन २१, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा तत्कालिन प्रधानमन्त्रीहरुलाई समेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ । सर्वोच्चले उक्त प्रकरणमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो ।

सीआईबीलाई सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा
आइतबार, साउन २१, २०८०
काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने भएको छ । अहिलेसम्मको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने तयारी छ । राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।