निर्वाचन सुरक्षाका लागि प्रहरीमा खुल्यो भर्ना
शुक्रबार, पुस २५, २०८२
अमेरिकी आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु
आइतबार, पुस २०, २०८२
काठमाडौं । अमेरिकाको आक्रमणमा परी भेनेजुएलामा कम्तिमा ४० जनाले ज्यान गुमाएका छन् । न्युयोर्क टाइम्सका अनुसार शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा गरेको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।
उपराष्ट्रपति डेल्सीले सम्हालिन भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी
आइतबार, पुस २०, २०८२
काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पाएकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मादुरो न्यूयोर्क हिरासतमा
आइतबार, पुस २०, २०८२
काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ । भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरी मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो ।
एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
शनिबार, पुस १९, २०८२
काठमाडौं । आजदेखि पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने व्रत र माघ स्नान सुरु भएको छ । यस अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।
साउदीसँग श्रम सम्झौता गर्ने तयारी
बिहीबार, पुस १७, २०८२
काठमाडौं । सरकारले साउदी अरबसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मध्येमा पर्दछ ।
एक बर्षमा भित्रिए १० लाख पर्यटक
बिहीबार, पुस १७, २०८२
काठमाडौं । सन २०२५ मा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
पश्चिमी वायुको प्रभाव, चिसो अझै बढ्ने
बिहीबार, पुस १७, २०८२
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभावका कारण चिसो अझै बढ्ने देखिएको छ । पश्चिमी वायुको आंशिक प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ ।
प्रमुख दल चुनावमा जान तयार, सुरक्षामा शंका
आइतबार, पुस १३, २०८२
काठमाडौँ । प्रमुख दलहरु आगामी फागुन २१ मा घोषित निर्वाचनमा जान तयार भएका छन् । निर्वाचनमा जान तयार रहेको तर सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा उनीहरुको जोड छ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनतर्फ होमिएर सहयोग गर्न आग्रह गरेपछि प्रमुख दलका शिर्ष नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
रास्वपा–मेयर सहमति : रवि पार्टी सभापति, वालेन प्रधानमन्त्री
आइतबार, पुस १३, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पावर सेयरिङ गर्ने सम्झौता भएको छ । ७ बुँदे सहमतिमा रवि लामिछाने पार्टी सभापति र वालेन्द्र शाह भावी प्रधानमन्त्री हुने उल्लेख छ ।
२५ उद्योगको लाइन काट्दा प्राधिकरणलाई दैनिक करोडौँ नोक्सान
मंगलबार, कात्तिक ११, २०८२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नउठेको भन्दै उद्योगहरुको लाईन काटिदिएपछि दैनिक करोडौं नोक्सान व्यहोर्नु परिरहेको छ । प्राधिकरणले दैनिक २५० मेगावाट विद्युत खपत गर्ने २५ उद्योगको लाइन काटिदिएको थियो । विद्युत काटिएसँगै यी उद्योग बन्द हुने स्थितिमा पुगेका छन् । उद्योगमा कार्यरत कर्मचारीहरुलाई खुला नभएसम्मका लागि बिदा दिईएको छ...
वर्षा र हिमपात हुने भएपछि सतर्कता अपनाउन आह्वान
मंगलबार, कात्तिक ११, २०८२
काठमाडौं । वर्षा र हिमपातको सम्भावना बढेपछि सतर्कता अपनाउन आव्हान गरिको छ । जल तथा मौसम विज्ञान विभागलेका अनुसार पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना छ ।
भाईटिकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
मंगलबार, कात्तिक ४, २०८२
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्बजनिक गरेको छ । समितिका अनुसार यो वर्ष भाईटिकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।


