
चरिकोट - नेपाल पत्रकार महासंघ दोलखा शाखाले सदस्यता शुद्धिकरण गर्दै ४६ जनामा सिमित गरेको छ । महासंघ जिल्ला कार्यसमितिको शुक्रवार बसेको बैठकले १ सय ४५ जना मध्ये ९९ जना सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो । शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, स्थायी, अस्थायी निजामति कर्मचारी, राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारी लगायतको सदस्यता शुद्धिकरण गर्दै कटौती गर्ने निर्णय गरेको हो ।
यसैगरी विदेशमा रहेका र जिल्ला बाहिर रहेका, निष्क्रिय रहेका सदस्यहरुको सदस्यता पनि शुद्धिकरण गरिने भएको छ । महासंघले सदस्यता शुद्धिकरणका लागि पुर्व सभापति तथा केन्द्रिय सदस्य चिरञ्जिवि मास्केको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय कार्यदलको सिफारिस अनुमोदन गर्ने निर्णय गरेको हो । शाखाका अध्यक्ष जिवन लामाले महासंघलाई श्रमजिवी पत्रकारहरुको साझा र व्यवसायिक संस्थाको रुपमा स्थापित गर्न कार्यदलको सिफारिस अनुसार सदस्यता शुद्धिकरण गरिएको बताए ।
पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको पछिल्लो कार्यविधि र परिपत्र अनुसार दोलखामा ठुलो संख्यामा सदस्य कटौती गर्ने निर्णय भएको हो । कार्यदलका संयोजक मास्केका अनुसार कुनै आस्था, विचारमा आग्रह पुर्वाग्रह नराखी स्पष्ट मापदण्डका आधारमा पारदर्शी ढंगले जिल्लामा क्रियाशील पत्रकारहरुको सदस्यता मात्रै नविकरण गर्न सिफारिस गरिएको थियो ।
मापदण्डलाई आधार मान्दा पत्रकारितामा क्रियाशील रहेका कतिपय पत्रकारको पनि सदस्यता शुद्धिकरण गर्नुपर्ने अवस्था आएको उनले बताए । शुद्धिकरणको सिफारिसमा कुनै विभेद र पुर्वाग्रहको कुनै गुन्जायस छैन, मापदण्डलाई हुवहु आधार बनाएर निर्णय गरिएको छ, उनले भने । सदस्य नभएपनि पत्रकारिता गर्न सकिने भन्दै उनले सबैले आत्मासमिक्षा गरेर सहयोग गर्न आग्रह गरे ।
महासंघले सदस्यता शुद्धिकरणमा परेका सदस्यहरुलाई पुनरावेदन गर्नसक्ने मौका पनि दिएको छ । उनीहरुले १५ दिनभित्र आफु सदस्य हुन योग्य रहेको प्रमाणसहित निवेदन दिनुपर्ने महासंघले जनाएको छ । दोलखा शाखाको सदस्य भई राजधानी लगायत अन्य जिल्लामा पत्रकारितामा क्रियाशील रहेका र उनीहरुले सदस्यता सार्न चाहेमा सिफारिस गर्ने निर्णय भएको छ ।
मास्के नेतृत्वको कार्यदलको सदस्यहरुमा अग्रज पत्रकार राजेन्द्र मानन्धर, लक्ष्मण खड्का, शम्भु गौतम र रमेश खतिवडा थिए ।
महासंघ शाखाका पुर्व अध्यक्ष एवं कार्यदलका सदस्य राजेन्द्र मानन्धरले महासंघलाई श्रमजिवी पत्रकारहरुको साझा संस्था बनाउन शुद्धिकरणको निर्णयले महत्वपुर्ण सहयोग पुर्याउने बताए । कार्यदलका अर्का सदस्य रमेश खतिवडाले पत्रकार महार्सघ दोलखा शाखाको सांगठानिक जिवनमा ऐतिहाँसिक र गौरवपुर्ण निर्णय भएको बताए ।
यसैबीच बैठकले पत्रकारिता र पत्रकार महासंघमा महत्वपुर्ण योगदान पुर्याएका चारजना संस्थापक पदाधिकारीहरुलाई मानार्थ सदस्यता दिने निर्णय पनि गरेको छ । जसमा शाखाका संस्थापक भोजराज न्यौपाने, पूर्व पदाधिकारीहरु प्रविण प्रधान, पुरुषार्थ श्रेष्ठ, विष्णु सुवेदी र राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
यस्तै कार्यदलका सिफारिस अनुसार जिल्लाको एकमात्र दैनिक पत्रिका दीक्षण दैनिकका सम्पादक सिर्जन कुमार घिमिरे र गोरखापत्र राष्टिय दैनिकका दोलखा सम्बाददाता कैलाश लामालाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सदस्यता नवीकरण गर्ने निर्णय भएकाको नामावली :
१. जीवन लामा
२. लक्ष्मण थामी
३. मन्दिरा थापा
४. निर्मला शिवाकोटी
५. शिवजी प्रधान
६. शेर बहादुर भुजेल
७. प्रभु जिरेल
८. पूर्वा तामाङ
९. नवराज शिवाकोटी
१०. श्याम प्रसाद खतिवडा
११. सिजना थापा खड्का
१२. गौतम जिरेल
१३. राजेन्द्र मानन्धर
१४. चिरञ्जीवि मास्के
१५. शम्भु गौतम
१६. उद्धव प्रसाद पोखरेल
१७. लक्ष्मण खड्का
१८. दिपशंकर चौलागाई
१९. रमेश खतिवडा
२०. केदार शिवाकोटी
२१. सरद सापकोटा
२२. बलराम खड्का
२३. दिपक बस्नेत
२४. सर्मिला बुढाथोकी
२५. शिव कुमार भुजेल
२६. अर्जुन दाहाल
२७. गोरिमाया सुनुवार
२८. दिल बहादुर केसि
२९. बिनिता सुवेदी
३०. गायत्री आचार्य
३१. रविन्द्र गौतम
३२. सिर्जना खड्का (कार्की)
३३. बावुराम शर्मा
३४. केन्द्रज्योती खड्का
३५. प्रल्हाद आचार्य
३६. दिपक बस्नेत (तामाकोसी गाउँपालिका)
३७. चन्द्र बहादुर खड्का
३८. लक्ष्मी बस्नेत
३९. सिर्जना गोले
४०. दुर्गा बस्नेत
४१. तारा बहादुर महत
४२. विमला बुढाथोकी
४३. निराशी थामी
४४. उषा तामाङ
४५. बलराम के.सी.
४६. राजन थामी