भाईटिकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्बजनिक गरेको छ । समितिका अनुसार यो वर्ष भाईटिकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।
बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. देवमणि भट्टराईले बताए ।
यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ १२:१७
प्रतिक्रिया दिनुहोस्