Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा बोलेरो दुर्घटना हुँदा चार जना घाइते, एकको अवस्था गम्भीर

चरिकोट । दोलखाको भिमेश्वर नगरपालिकामा बोलेर दुर्घटना भएको छ । दुर्घट्नामा चारजना घाइते भएका छन्। घाईते मध्ये एक जनाको अवस्था गम्भिर छ ।

सदरमुकाम चरिकोट तर्फ आईरहेको ग २ च ३४०० नम्बरको बोलेरो गाडि भीमेश्वर नगरपालिका–९, सुर्के नजिनै दुर्घट्ना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये गोमा भुजेलको अवस्था गम्भीर छ । घाइतेहरुलाई उद्धार गरी सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पताल भर्ना गरिएको छ ।

गम्भिर घाईते भुजेललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । दुर्घटनाको कारण खुलेको छ । घट्नाबारे चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । 

bolero-accident-1761025453.JPG
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update