Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
महाकालीमा विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर । इजरायलमा मारिएका विपिन जोशीको अत्येष्टि गरिएको छ । कञ्चनपुरस्थित महाकाली नदी किनारको भुजेलाघाटमा उनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

सोमबार दिउँसो इजरायलबाट काठमाडौं आईपुगेको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । 
अत्येष्टि अघि शवयात्रा गरिएको थियो । 

दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update