
चरिकोट - कोरोना भाईरस (कोभिड १९) परीक्षणका क्रममा दोलखामा एक जना पुरुषको एन्टिबडी रिपोर्ट पोेजेटिभ आएको छ । सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको आरडिटि परीक्षणमा एक जना स्वास्थ्यकर्मीको रिर्पोट पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले एक जनाको आरडिटी परीक्षण रिर्पोट पोजेटिभ आएको पुष्टि गरे ।
उनलाई भिमेश्वर नगरपालिकाको आईसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । झाका अनुसार उनको स्वाब संकलन गरी भोली विहानै पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईने छ ।
प्रमुख झाले कोरोना संक्रमण भएको हो वा होईन भन्नेबारे पीसीआर परीक्षण रिपोर्ट आएपछि पुष्टि हुने बताए । बुधवार ९७ जनाको आरडिटी परीक्षण गरिएको थियो । हालसम्म दोलखामा गरिएका आरडिटी र पीसीआर रिर्पोट सबै नेगेटिभ आईरहेकोमा पहिलो पटक आरडिटी परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो ।