
काठमाडौं – महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने स्पष्ट पारेका छन् । अशक्त, एकल महिला लगायतले विगतमा पाउँदै आएको भत्ता कटौती भन्दा सरकारले बढाउने प्रयास गरिरहेको मन्त्री गुरुङले बताए ।
सरकारले अतिअशक्त, अपांगता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय, एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने समाचार बाहिर आएका बेला मन्त्री गुरुङले त्यसबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । ‘सरकार पाई आएको सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ । विधवा भत्ता र निलो कार्ड भएका अति अशक्तले पाउने भत्ता काटिने छैन, उनले भनेका छन् ।’
समस्याको दीर्घकालिन समाधानका लागि सरोकारवाला मन्त्रालय र निकायसँग ऐन र नियमावली संशोधनका लागि पहल भईरहेको जानकारी पनि उनले दिएका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौत ीगर्न लागिएको भन्दै बिरोध जनाएका छन् ।